टियु बिबिएकप सुरु

35

भक्तपुर । भक्तपुर बहुमुखी क्याम्पसको आयोजनामा टियु बिबिए कप १८ गतेदेखि सुरु भएको छ । भक्तपुर बहुमुखी क्याम्पसको प्रमुख कृष्णप्रसाद पोखरेलले प्रतियोगिताको उद्घाटन गरेका थिए । उनले खेलकुदको माध्यमबाट क्याम्पसहरुबीच भाइचारको सम्बन्ध स्थापन गर्न मद्दत पुग्ने बताए । टियुबाट सम्बन्धन प्राप्त देशै भरका ४४ वटा क्याम्पस मध्ये २३ वटा क्याम्पसले प्रतियोगितमा सहभागिता जनाएका छन् । उपत्यका भित्रबाट १६ वटा र उपत्यका बाहिरबाट ७ वटा क्याम्पसहरुले सहभागिता जनाएका हुन् । सहभागी क्याम्पसहरमा पिएनसी, भक्तपुर बहुमुखी क्याम्पस, एमएमसी धरान, विरेन्द्र बहुमुखी क्याम्पस, केसी एमआइटी, पिवाइसी, शंकरदेव क्याम्पस, जेएमसी, क्याथफोर्ड, एमएमएएमसी, केएमसी, सैनिक महा विद्यालय, मोर्डन नेपाल कलेज, पाटन बहुमुखी क्याम्पस, एमएमसी नेपालगञ्ज, केएनके, एमएमसी दाङ्ग, क्याम्पेन कलेज, पिपुल्स क्याम्पस, युनिभर्सल कलेज, प्राइम कलेज र एनसीसी रहेका छन् । पहिलो खेलमा आयोजक भक्तपुर बहुमुखी क्याम्पसलाई पेनाल्टीमा हराउँदै एमएमसी धरान अर्काे चरणमा प्रवेश गरेको छ । निर्धारित समयमा दुबैतर्फ १–१ गोल भएपछि पेनाल्टीमार्फत् नतिजा निकालेको हो । त्यस्तै अरु खेलमा क्याथफोर्ड, पिवाइसी, युनिभर्सल, पिपुल्स, केएनके र सैनिक महा विद्यालय विजय भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here