ल्होछारको पूर्व सन्ध्यामा नचाउन गाउन डान्सिङ नम्वर फिल्फिल जामा सार्वजनिकः भिडियो सहित

53

भक्तपुर । ल्होछारको पूर्व सन्ध्यामा नचाउन गाउन डान्सिङ नम्वर फिल्फिल जामा बोलको दोहोरी गीतको भिडियो सार्वजनिक गरिएको छ ।
भक्तपुरको पाण्डुबजारमा आयोजित पत्रकार सम्मेलन मार्फत उक्त गीत तथा गीतको भिडियो सार्वजनिक गरिएको हो ।
तामाङ भाषामा रहेको उक्त दोहोरी गीत निकै नै रोमाञ्चक रहेको छ ।
एक हजार भन्दा बढि रचनालाई विभिन्न कलाकारहरुको स्वरमा रेकड गराई सक्नु भएका कुमार स्याङ्वोको रचनामा रचित उक्त गीतमा लामो समय सम्म साँगीतिक दुनियाँबाट टाडा रहनु भएका गायक विरु अर्थात विरे तामाङले श्वर दिनुभएको छ । विरेलाई उक्त गीतमा जितु लाप्चानले साथ दिनुभएको छ ।
चर्चित संगितकार तथा गायक विशाल काल्तानको संगित रहेको उक्त गीतको भिडियो अझ रोमाञ्चक रहेको छ ।
भिडियो हेर्दा नै नाचौं नाचौं लाग्ने उक्त भिडियोमा नायक कुमार मोक्तानका साथमा निराञ्जली लामालाई देख्न सक्छौं भने भिडियोको निर्देशन निर्देशक प्रतिक ङ्यासुरले गर्नुभएको हो ।

 

भक्तपुरमा नै छायांकन भएको उक्त भिडियोमा विभिन्न कलाकारहरुको साथमा गायक विरेलाई पनि देख्न सकिन्छ । निकै नै फरक शैलीमा निर्माण भएको उक्त गीतको भिडियो देख्दा सामान्य तर निकै फरक शैलीमा निर्माण भएको हामी पाउन सक्छौं ।
बलिउडका गीतमा मात्र हामीले देख्दै आएको डिजे शैलीलाई यहाँ हाम्रा लोक दोहोरी बार एवं रेस्टुरा शैलीमा प्रस्तुत गर्न खोजिएको छ ।
विशुद्द मनोरञ्जनात्मक पारामा रहेको गीत सँगै यसको भिडियोले गीतमा श्वार भर्ने काम गरेको हामी पाउन सक्छौं ।
गीतको भिडियो सार्वजनिक कार्यक्रममा वरिष्ठ संगीतकार तथा गायक तामाङ सेलो सम्राटबाट चिनिनुहुने चन्द्र कुमार दोङ, नेपाल तामाङ कलाकार संघकम अध्यक्ष सञ्जीव वाईवा,नेपाल तामाङ कलाकार संघका महासचिव विशाल काल्तान, चर्चित गायिका जितु लोप्चान, जम्बुलिङ तामाङ समाजका अध्यक्ष बिशाल योञ्जन ,तामाङ युवा घेदुङका उपाध्यक्ष संगम लामा राष्ट्रिय तामाङ घेदुङका सञ्चार प्रमुख कर्मा लामा, रचनाकार कुमार स्याङवा, नायिका रोशनी ब्लोन, गायक जगत घिसिङ, कलाकर्मी असमान वाईवा, मोडल हिरालाल ह्योल्मो, रचनाकार ज्ञानदश तामाङ, गायक विहिन दोङ लगायतका अतिथिहरुको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here