भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्बर ३ स्थित नवीन इङ्गलिस स्कुललेू नवीन उत्सब २०७६ को आयोजना गरेको छ। माघ १६ गते श्रीपञ्चमीको अबसर पारेर उत्सबको सुरुवात गरेको छ।
उत्सबलाई चाँगुनारायण नगरपालिकाकी उपप्रमुख बिना बास्तोलाले उद्घाटन गर्दै नवीन इङ्गलिस स्कुलले गुणस्तरीय शिक्षा प्रदान गर्दै सामाजिक क्रियाकलापमा सहभागी भएकोमा बिद्यालयको सराहना गरिन्।
उद्घाटनको दिन नयाँ भर्ना हुने बिद्यार्थीलाई निः शुल्क भर्नाको ब्यबस्था गरिएको थियो।
उत्सबमा बिद्यार्थीहरू द्वारा बनाइएका हस्तकला र चित्रकला प्रदर्शनी आयोजना गरिएको थियो।
उत्सबमा बालबालिकाहरूकालागि बालमेला तथा फुड स्टल राखिएको थियो। उत्सबमा आफ्ना बालबालिकाको हस्तकला,चित्रकला,पाककला लगायत विभिन्न कलाहरूको अबलोकनले मन्त्र मुग्ध भएका थिए।
नवीन उत्सबको दोस्रो कार्यक्रम माघ १८ गते नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको सहकार्यमा बिद्यालयमा रक्तदानको आयोजना गरेको थियो।
कार्यक्रममा ३५ भन्दा बढी शिक्षक,अभिभाबक लगायतले रक्तदान गरेका थिए।
यसैदिन बिद्यालय हाताभित्र बिज्ञान तथा शैक्षिक प्रदर्शनीको आयोजना गरिएको थियो।
नवीन उत्सबको तेस्रो कार्यक्रम अन्तर्गत माघ २० गते निःशुल्क स्वास्थ्य शिबिरको आयोजना गरिएको छ।
नवीन उत्सबको समापन माघ २५ गते शनीबार पुरस्कार बितरण र साँस्कृतिक कार्यक्रम गरी मनाउन लागिएको बिद्यालयका प्रिन्सिपल राम निरौलाले जानकारी दिए।