संवाहक मिडिया हाउस र नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ भक्तपुरद्दारा साग पदक विजेता सम्मानित

121

भक्तपुर । साग पदक विजेता भक्तपुरमा सम्मानित भएका छन् ।

भक्तपुरबाट १३ औं साग खेलमा सहभागी भई पदक विजयी खेलाडीलाई संवाहक मिडिया हाउस र नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ भक्तपुरले ताम्रपत्र सहित सम्मान गरेको हो ।

भक्तपुरमा आयोजित कार्यक्रममा सागमा पदक विजेता ११ खेलाडी दुई प्रशिक्षक, एक ब्यवस्थापकसहित ३९ निर्णायकलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य महेश बस्नेतले नेपालीले विश्व विजय गर्ने भनेको खेलकुदबाटै भएको बताउँदै भक्तपुरमा खेलकुदको विकासका लागि अन्तर्राष्ट्रिय स्तरको रंगशाला जरुरी रहेको बताए ।

उनले सो रंगशालाका लागि आफूले पहल गरिरहेको बताउँदै हरेक खेलको विकास भक्तपुरबाट नै गर्ने वातावरणका लागि खेलकुदलाई व्यावसायिक गर्नुपर्नेमा जोड दिए ।

उनले खेल तथा खेलाडीको विकासको लागि, भविष्यका लागि हरेक खेलको विधागत रुपमा भौतिक पूर्वाधार जरुरी रहेको जनाउँदै एक खेल एक विद्यालयको अभियान सञ्चालन गर्न सकिने अवधारणा समेत सबलाई सुनाए । यसका साथै उनले साग खेलमा विजयी खेलाडीहरुको रोकिएको रकमका लागि आफूले अर्थ मन्त्रालयमा पहल गर्ने आश्वासन पनि दिए ।

कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नम्वर ८का वडा अध्यक्ष एवं खेलकुद समितिका संयोजक किरण थापाले भक्तपुरको खेलकुद विकासका लागि सूर्यविनायक नगरपालिकाले पनि विभिन्न कार्यक्रमहरु ल्याउन लागेको समेत जानकारी दिए ।

भक्तपुर साँगीतिक समाजका अध्यक्ष प्रविण शाही, नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका केन्द्रिय अध्यक्ष दिपक श्रेष्ठ, पत्रकार महासंघका संस्थापक सभापति रमेश खड्का, भक्तपुर जिल्ला बक्सिङ संघका अध्यक्ष रामकृष्ण प्रजापतिले सम्मानित खेलाडीहरुलाई बधाई दिदै खेलकुद र मिडिया सँगै सँगै भएमात्र यसको विकास हुन सक्ने बताएका थिए ।

कार्यक्रममा करातेका अन्तर्राष्ट्रिय प्रशिक्षक रामशरण त्वातीले साग खेलमा दुई स्वण सहित करातेबाट प्रतिनिधित्व गर्ने मण्डेकाजी श्रेष्ठ, उसुमा स्वर्ण विजेता सुस्मिता तामाङ, यस्तै तेक्वान्दोमा स्वर्ण विजेता काजोल श्रेष्ठ , यस्तै टेवलटेनिसमा रजत विजेता शिव शुन्दर गोठे, ह्याडबलकी देवकुमारी बास्कोटा कबड्डीबाट विजेता इन्दिरा गिरी यस्तै रजत पदक विजेता खेलाडीहरुमा भारोत्तोलनबाट लक्ष्मी वन, , जुडोबाट श्रीराम कामजु, बास्केटबलबाट विकल जोशी, तेक्वाडोबाट ज्ञानेन्द्र हमाल र खो खो खेलबाट कास्य पदक विजेता श्याम बुढाथोकीलाई सम्मान गरिएको बताए ।

यस्तै सम्मान कार्यक्रममा प्रशिक्षकहरु राधिका देउला र मोहन प्रसाद बासुकला र ब्यवस्थापक सुन्दर प्रजापतिलाई पनि सम्मान गरिएको थियो । यस्तै विभिन्न खेलहरुमा प्रशिक्षकको भूमिका निभाउनुभएका ३९ निर्णायकहरुलाई कार्यक्रममा सम्मान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here