सुजन मार्पाको साथमा मानसको “दिलको ट्रेण्डिङ” बजारमा (भिडियो सहित)

50

भक्तपुर । डान्स प्लस सिजन ४ को फर्स्ट रनरअप सुजन मार्पाको साथमा मानसको “दिलको ट्रेण्डिङ” बजारमा आएको छ ।
भाइरल भैदियो बोलको गीतबाट सांगीतिक दुनियाँमा लोकिप्रिय भएका मानस राजले नयाँ गीत लियर बजारमा आएका छन् ।
सुमधुर आवाजका धनि लोकप्रिय गायक मानस राजको नयाँ गित “दिलको ट्रेण्डिङ” को म्युजिक भिडियो सार्बजनिक भएको छ ।
सर्वाधिक चर्चामा रहन सफल गित “भाइरल भैदियो“ र “हिरो“ को अत्याधिक सफलता पश्चात उनले अर्को धमाकेदार गित “दिलको ट्रेण्डिङ” सार्वजनिक भएको छ ।
पछिल्लो समय देश बिदेशमा हुने विभिन्न स्टेज कार्यक्रम तथा मेला, महोत्सबमा समेत ब्यस्त बनेका लोकप्रिय गायक मानस राज नेपाली गित संगीत प्रेमीहरुको मनमा बस्न सफल भएका छन् ।
जुनको साथी तारा तथा सिम्पल डिम्पल जस्तामा चर्चित गीतमा संगीत भरिसकेका संगीतकार भिम बिष्टको शब्द तथा संगीत रहेको भिडियोलाई छायाँकार ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन् भने सुजन मार्फा तामाङको कोरियोग्राफीमा निर्देशक गम्बिर बिष्टले निर्देशनमा बनेको गीतको भिडियो सार्वजनिक भएको हो । सार्बजनिक म्युजिक भिडियोमा डान्स प्लस सिजन ४ को फर्स्ट रनरअप बन्न सफल कुशल डान्सर तथा मोडल सुजन मार्फा तामाङ, रियो छमछ्मी सिजन ४ को बिजेता मोडल सन्ध्या आचार्य र गायक मानस राजलाई आकर्षक रुपले फिचर्ड गरिएको देख्न सकिन्छ ।
गीतमा रोशना चौगुठीले मेकअप दिएकी थिइन् ।
नयाँ पुस्तालाई पनि स्थान दिनु पर्छ भन्ने भावमा निर्माण भएको गीतको भिडियो उत्कृष्ठ रहेको छ ।
आफूले बाजारमा ल्याएको नयाँ गीतलाई पनि दर्शकहरुले अपार माया गर्नु हुने गायक मानस राजले बताए । आफू छिटै नै अन्य गीतका साथमा आउने प्रतिवद्दता गर्दै उनले दर्शकहरुको माथा तथा साथको आफूलाई आवश्यकता रहेको बताए ।

भिडियो हेर्नुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here