जनप्रतिनिधिहरुको पद बहालीको ३ वर्ष, लकडाउनमा मथिनपाद्धारा १ करोड ५० लाखको राहत वितरण

7

भक्तपुर । मध्यपुर थिमिगत चैत्र ११ गतेदेखि सुरु भएको लकडाउनको समयमा मध्यपुर थिमि नगरपालिकाद्धारा खाद्यान्न वितरण अन्र्तरगत १ करोड ५० लाख रुपैया बराबरको राहत वितरण गरिएको नगरप्रमुख मदन सुन्दर श्रेष्ठले जानकारी दिनुभयो । स्थानीय निकायका जनप्रतिनिधिहरुले कार्यभार सम्हालेको तीन वर्ष पुरा भएको अवसरमा मध्यपुर थिमि नगरपालिका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले पत्रकार सम्मेलन मार्फत नगरभित्रका भौतिक विकास निर्माण एवं नीतिगत सुधारबारे बुदागत जानकारी दिदैंं उक्त कुरा बताउनु भयो । नगरप्रमुख श्रेष्ठले मध्यपुर थिमि नगरपालिका भित्रका अल्यकालीन एवं दीर्घकालीन योजनाबारे जानकारी दिदैं चुनावअघि आफुले गरेका प्रतिबद्धताहरु अनुसार नै कार्य भईरहेको दावी गर्नुभयो ।

नगरप्रमुख श्रेष्ठले भौतिक विकास निर्माण, नीतिगत सुधार, साँस्कृतिक संरक्षणका कार्य, शैक्षिक सुधार, खेलकुदको विकास, मूर्त अमुर्त कलासँस्कृतिको संरक्षण विकास अनि विस्तारदेखि पछिल्लो समयमा नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको स्तरोन्नति र कोभिड–१९(कोरोना भाईरस) परीक्षणबारे हालसम्मको अवस्था जानकारी दिनुभयो । नगरप्रमुख श्रेष्ठले ७२ वेडको नेपाल कोरिया अस्पतालले बागमती प्रदेशका १८ जना सांसद, जनप्रतिनिधि,सुरक्षाकर्मी, सञ्चारकर्मी, स्वास्थ्यकर्मी, विदेशबाट मध्यपुर थिमि क्षेत्रमा गत चैत्रमा आएका व्यक्ति लगायत ७ सय ४१ जनाको कोरोनाको पीसीआर(स्वाब) परीक्षण गरिएको तथ्य प्रस्तुत गर्दै सबैको नतिजा नेगेटिभ आएको पनि जानकारी दिनुभयो ।

नेपाल कोरिया अस्पतालमा कार्यरत नर्स एवं चिकित्सकहरुको सेवा सुविधा बढाइएको जानकारी दिदैं श्रमको उचित मूल्य दिनुपर्ने नियम अनुसार हाल कार्यरत २ सय ७५ कर्मचारीलाई योग्यता, क्षमता अनि कार्यअनुसार तलब सुविधा प्रदान गरिएको बताउनु भयो । मध्यपुर थिमि नगरपालिकाद्धारा वडा नं. ४ विष्णुकुण्ड परिसरमा नमुनाको रुपमा संचालित जापानिज प्रविधिबाट कुहिने फोहोरबाट कम्पोष्ट मल उत्पादन भइरहेको र उक्तकार्य क्रमशः सबै वडामा विस्तार गरिने बताउनु भयो ।

गठ्ठाघरको खेलमैदानको स्तरउन्नति एवं भौतिक निर्माणका लागि २ करोड रुपैया निकासा गरिने एवं खानेपानीको उत्पादनबृद्धि एवं समुचित वितरणका लागि बोडेदेखि बालकुमारीसम्म २१ करोडको लागतमा ट्रन्क लाइन विस्तार गरिएको जानकारी दिदैं नगरप्रमुख श्रेष्ठले मध्यपुर थिमिमा साँस्कृतिक, ऐतिहासिक सम्पदा संरक्षण कार्य निरन्तर चलिरहेको बताउनु भयो । कुहिने फोहर छुट्याएर जापानिज प्रविधिबाट कम्पोष्ट मल बनाउने कार्यको अनुशरण सूर्यविनायक नगरपालिका, चितवन, मकवानपुर लगायतका जिल्लाका पालिकाहरुले सुरु गरिसकेको जानकारी दिनु भयो । यसवर्ष कुहिने फोहोरबाट जापानिज प्रविधिले तयार गरिएको अर्गानिक कम्पोष्ट मल करीब ३ करोडको बेच्ने लक्ष्य रहेको समेत नगरप्रमुख श्रेष्ठले बताउनु भयो । नगरपालिकाले जापान, बेलायत लगायतका देशहरुमा पनि भगिनी सम्बन्ध कायम गरि त्यहाँको सीप, विकास एवं निर्माण कार्यको अनुशरण गरिने जानकारी दिनुभयो । लकडाउनको समयमा कसैको चुल्हो ननिभोस अनि कोही भोको बस्नु नपरोस भन्ने उद्देश्यले गत चैत्रमा राहत वितरण गरिएको अनि बैशाखमा १ लाख १६ हजार बढि व्यक्तिलाई निःशुल्क सामुहिक खानाको प्याकेट वितरण गरिएको पनि नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here