ड्रोनमार्फत कोरोना सम्वन्धी जनचेतना फैलाउँदै

10

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. १ मा ड्रोन उडाएर कोरोना सम्बन्धी जनचेतना फैल्याइएको छ । बढ्दो कोरोना संक्रमणको कारण लकडाउनको अवस्थामा यस प्रकारको प्रचार प्रसार कार्य उपयुक्त हुने देखिएकोले महामारी फैलिरहेको बेला मध्यपुर थिमिको लोहकिन्थलीमा यसवाट बच्ने उपायसहितको अडियो रेकर्ड राखेर जनचेतना फैलाएको वडा नं. १ का वडाध्यक्ष सुरज खड्काले जानकारी दिनुभयो ।

लकडाउनको समयमा पनि अति आवश्यक बाहेकका पसलहरु पनि खुल्ला गरिएको विनाकाम पनि मानिसहरु बाहिर निस्कने गरेपछि ड्रोन मार्फत जनचेतना फैलाउने कार्य गरिएको उहाँको भनाइ छ । ड्रोन उडाउन ललितपुरको कुपन्डोल स्थित पोकुरा ईनोभेसन प्रालिका गोकर्ण जङ्ग थापाको नेतृत्वको टोलीले आज शनीबार र आइतबार दुईदिन स्वयंसेवा प्रदान गरेको उक्त टोलीमा ईञ्जिनियरहरु राम खनाल, सुशील खड्का र साजन अमात्यले दैनिक ४ घण्टा ड्रोन उडाएर जनचेतना फैलाउन सहयोग गन वडाअध्यक्ष खड्काले जानकारी दिए ।

यसरी ड्रोन मार्फत जनचेतना फैलाउदाँ घरघरमा पनि गइरहन नपर्ने र सुरक्षित पनि हुने उहाँको भनाइ छ । दुई दिन ड्रोन उडाउन तीन लाख रुपैयाँ खर्च लाग्ने र यो सवै खर्च पोकुरा ईनोभेसनले नै व्यहोर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here