श्रीमानले गरे श्रीमतीको हत्या

45

कैलाली (रासस) ।  लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका ३५ वर्षीय इन्द्रबहादुर चौधरीले ३२ वर्षीया श्रीमती गरीबी चौधरीलाई आज धारिलो हतियार प्रयोग गरी हत्या गरेको अभियोग लगाइएको छ ।

मदिरा सेवन गरेका श्रीमान् र श्रीमतीबीच सामान्य विवादमा कुटपिट भएपछि हत्या गरिएको सोधपुछका क्रममा चौधरीले प्रहरीलाई बताएको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए ।
इन्द्रबहादुरले काठको लट्ठी प्रयोग गरी हत्या गरेको प्रहरीसमक्ष बयान दिए पनि प्रहरीको प्रारम्भिक अनुसन्धानमा भने धारिलो हतियार प्रयोग गरी हत्या गरेको देखिएको छ ।

मृतकको टाउको र शरीरका विभिन्न भागमा घाउचोट र नीलडाम देखिएको जनाइएको छ । घटनाबारे थप अनुसन्धानका लागि अभियुक्त चौधरीलाई लम्कीचुहा नगरपालिका प्रहरीले नियन्त्रणमा लिई सोधपुछ गरिरहेको तथा शव परीक्षणका लागि टीकापुर अस्पताल लगिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here