प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले संरक्षित बन्यजन्तुको ३६ थान दाह्रा तथा ६ थान नङ्ग्रासहित पाँच जनालाई पक्राउ गरेको छ।
वन्यजन्तुसँग सम्बन्धित अपराध अनुसन्धान तथा रोकथामको लागि केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले मंगलबार काठमाडौंको गैह्रीगाँउ तिनकुनेबाट आखेटोपहार बिक्री गर्न ल्याएको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा ओखलढुङ्गा लिखु गाँउपालिका वडा नं ९ का २३ वर्षिय को महेश राई, वर्ष २३ कै मिलन सुवेदी, वर्ष १९ का विज्ञान भन्ने प्रतिरोध सुवेदी, सोलुखुम्बु दुधकुण्ड नपा वडा नं ९ का २३ वर्षिय पूर्ण बहादुर तामाङ र मोरङ कानेपोखरी गाँउपालिका वडा नं २ का ३९ वर्षिय का श्रवण चौधरी रहेका छन्।
उनीहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ तथा साइटिस महासन्धी, १९७५ विरुद्दको अपराध अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।