कानुन मन्त्रीको संरक्षणमा नै हनुमान मन्दिर तोडफोड, भुमाफियाको संरक्षणगर्दै प्रदेश दुईका कानुन मन्त्री

431

कानुन मन्त्रीको संरक्षणमा नै हनुमान मन्दिर तोडफोड
भुमाफियाको संरक्षणगर्दै प्रदेश दुईका कानुन मन्त्री
जनकपुर । प्रदेशमा कानुनको निर्माण एवं कार्यान्वयन गराउन मन्त्री भएका नै कानुन तोड्छन् र भुमाफिया तथा मन्दिर तोडफोड गर्नेको संरक्षणमा लाग्छन् भन्दा अचम्म लाग्ला । तर प्रदेश नम्वर २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादव हनुमान मन्दिर भत्काएर जग्गा कब्जा गर्ने गिरोह संरक्षणमा लागेको स्रोतले जनाएको छ ।
जनकपुर वडा नम्वर ४ मा रहेको नुनियर कुटी तोडफोड गर्दै केही माफियाले उक्त क्षेत्रको जमिन कब्जा गर्न खोजेका थिए । परापूर्व काल देखि हनुमान मन्दिर रहँदै आएको उक्त अबौं मूल्य बराबरको जमिन कब्जा गर्न प्रेम बाबु शाह लगाएतका केही माफिया लागी परेका छन् ।
मन्दिर भत्काउन आएका उनीहरुका टोलीलाई स्थानीय बासिन्दाले प्रतिकार गरी प्रहरीलाई बुझएका थिए तर प्रहरी र माफिया एकै भई पक्राउ परेका हरुलाई प्राचिन स्मारक तोडफोडमा मुद्दा चलाउनु पर्नेमा सार्वजनिक केश मात्र दर्ता गरेकोमा स्थानीयले विरोध जनाउँदै आएका छन् ।
प्राचिन काल देखि भएको हनुमान मन्दिर( नुनियार कुट्टि ) चोरी तथा भत्काई उक्त क्षेत्रको जमिन हडप्न लागी परेका प्रेम बाबुलाई संरक्षण नै आन्तरिक मामिला तथा कानुन मन्त्रीले नै गरेका छन् ।


उनको संरक्षणमा नै माफिया हाल सम्म पनि खुलेयाम घुमी रहेका छन् । स्थानीयको किटानी जायरीलाई बेवास्ता गर्दै तथा मन्दिर नै भत्काउन लागी पर्नेलाई प्रहरीले पनि पक्राउ गर्न बेवास्ता गर्नु आफैमा लाजमर्दो विषय हो ।
कानुन मन्त्री नै माफियालाई संरक्षण गर्नु आफैमा कानुनको ध्वजी उडाइएको हो ।
मन्दिर भत्काउन तथा जग्गा हडप्न लागी परेका जनकपुर वडा नम्वर १३ का वडा अध्यक्षका छोरा रोशन मण्डल आफै महिला हिंशा तथा जवरजस्ती करणी मुद्दाका फरार अभियुक्त हुन् । उनले आफ्नै छिमेकी महिलालाई जवरजस्ती करणी प्रयास गरेको भन्दै उजुरी दिएपनि सत्ता र शक्तीको आडमा उनीलाई हाल सम्म प्रहरीले पक्राउ गरेको छैन ।
मुनिया कुपीको जायरीमा मन्दिर भत्काउन आएका प्रेम बाबु शाह चार्जर भनेर चिनिने जितेन्द्र पासवान, मोनाजिरो इस्लाम, राकेश यादव , कुश कुमार यादव लगायत टोले गुण्डाहरु उपर किटानी जायरी गरेको भएपनि हाल सम्म प्रहरीले पक्राउ गरेको छैन ।
स्थानीय बासिन्दाले नै पक्राउ गरेका दुई जना भन्दा बाहेक अरुलाई पक्राउ गर्न प्रहरीले हाल सम्म कुनै चासो दिएको छैन ।
पक्राउ परेका हरुलाई सार्वजनिक अपराध मुद्दा चलाएपनि उनीहरु उपर प्राचिन स्मारक तोडफोड मुद्दा लगाउनु पर्ने थियो । अबौंको जग्गाका लागी मुस्लीम केटाहरुको प्रयोगमा नै केही माफियाले मन्दिर तोडफोड गरी जग्गा कव्जा गर्न लागी परेको स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here