सन्जु बाबाको सत्य घट्नामा आधारित उठ्न देउ सार्बजनिक(भिडियो सहित)

74

काठमाडौँ । लोकप्रिय गायक मानस राजको सुमधुर आवाजमा सजिएको गित उठ्न देउ को म्युजिक भिडियो सार्बजनिक भएको छ । फरक शैलीका गीत तथा पृथक शैलीको म्युजिक भिडियोहरु नेपाली सांगीतिक बजारमा ल्याएर करडौं संगीतप्रेमी नेपालीहरुको मन जित्न सफल गायक मानस राजले यसपाली भने अझ पृथक सत्य घट्नामा आधारित म्युजिक भिडियो दर्शकसामु लिएर आएका छन् ।
‘भाइरल भैदियो’, ‘मै हुँ हिरो’ र ‘दिलको ट्रेण्डिङ’ जस्ता सर्बाधिक चर्चामा रहेको गित पछि उनले अहिले “उठ्न देउ” लिएर आएका छन् ।
विल्कुलै फरक शैलीमा उनले आफ्नो मिउजिक भिडियो लिएर आएका छन् ।
ड्रग्स एडिक्ट तथा कुलतमा फसेकाहरुलाई हाम्रो समाज, घर परिवारले गर्ने ब्यबहार र घृणालाई म्युजिक भिडियो मार्फत देखाइएको छ । सत्य घटनामा आधारित सञ्जीव क्षेत्री अर्थात सन्जु बाबाले बाल्यकाल देखिनै कुलतमा फसेर भोग्नु परेको दुःख पिडा, सामाजिक बहिस्कारलाई भिडियोमा जस्ताको त्यस्तै देखाउन खोजिएको छ भने भिडियोको अन्तिममा सन्जु बाबा कसरि कुलत बाट छुट्कारा पाएर सामाजिक जिबनमा फर्के भन्ने कुरा आकर्षक ढंग बाट प्रस्तुत गरिएको छ । सन्जु बाबा संगै ३ बर्षिय बाल कलाकार क्रिभिशेषको लोभलाग्दो जिबन्त अभिनय समेत देख्न सकिनेछ ।
मनिस बसिष्ठको शब्द, गायक मानस राजको आफ्नै स्वर र संगीत रहेको गितलाइ प्रदिप जोशीले एरेन्ज गरेका हुन् । भिडियोमा छायाँकार रिक्की कर्माचार्यले छायांकन तथा सम्पादन रहेको छ, त्यसैगरि भिडियोलाइ गायक मानस राज स्वयंले निर्देशन गरेका छन भने सहायक निर्देशक प्रभाकर न्यौपाने रहेका छन् । सार्बजनिक भिडियोमा सन्जु बाबा, क्रिभिशेष खड्का, संगीता थापा, रोजन बराइली र प्रविन तामाङ वाइबालाइ फिचर्ड गरिएको छ ।
एकै गीतमा अलग शैलीको भिडियो ल्याएका उनले सन्जुबाबाको जीवनीलाई गीतमा नै पहिलो पाटोमा उनको खराव जीन्दगी र दास्रो पाटोमा हालको अवस्था देखाउन खोजिएको छ ।
भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here