तामाङ चलचित्र प्रर्दशन दिवसका तयारी सम्पन्न

54

भक्तपुर । तामाङ चलचित्र संघले आफ्नो २३ औं तामाङ चलचित्र प्रदर्शन दिवसको अवसरमा वृहत सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । चलचित्र संघले आफ्नो २३ औं स्थापना दिवसका अवसरमा कलाकार सम्मान तथा बृहत सांस्कृतिक कार्यक्रम गर्न लागेको हो ।
तामाङ चलचित्र प्रर्दशन दिवसका अवसरमा नेपाल पर्यटन बोर्ड प्रर्दशनीमागमा भाद्र १५ गते स्थापना दिवस मनाउँदै कलाकार सम्मान तथा बृहत साँस्कृतिक कार्यक्रम गर्न लागेको कार्यक्रम संयोजक विशाल काल्तानले जानकारी दिनुभएको छ । उहाँका अनुसार शुक्रवार हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ ।
तामाङ चलचित्र संस्थागत रुपमा निर्माण तथा प्रर्दशन हुन् थालेको दिवसका अवसरमा तामाङ कलाकार , निर्देशक , नृत्य निर्देशक , दोन्द निर्देशक , कथाकार , छायाकार, लगाएत विभिन्न कलाकारहरुलाई उक्त कार्यक्रममा सम्मान गर्ने उहाँले जानकारी दिनुभयो ।
२०५२ सालमा सेम्री छोरङान नामक तामाङ चलचित्रबाट चलचित्र जगतमा प्रवेश गरेको तामाङ चलचित्र हाल एक सय चालिस भन्दा बढि चलचित्रका साथ आदिवासी जनजाती चलचित्रमा आफ्नो पकड राख्न सफल भएको तामाङ चलचित्र संघका अध्यक्ष जेनिस दोङ बताउनुहुन्छ । हाल तामाङ चलचित्र पनि मुल धारको चलचित्र सरह कथाबस्तु, पटकथा अनि डिजिटल प्रविधिमा उत्कृष्ठ निर्माण हुन् थालेको उहाँको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here