नगरपालिकाको सफाइसम्बन्धी महत्वकांक्षी योजना, चालिस महिनाभित्र पूर्ण सरसफाइयुक्त नगरपालिका घोषणा हुने

96

भक्तपुर । नगरदेखि वडा तहसम्मका संस्थागत संरचनालाई सुदृढ गरी पूर्ण सरसफाइ अभियानको नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्षम र उत्तरदायी बनाउने, नगरभित्रका सम्पूर्ण घरधुरीहरुमा नेपाल गुणस्तर मापदण्ड अनुसारको पानीको पहुँचमा सुनिश्चितता गर्ने, नगरभित्र बग्ने खोला नालाहरुमा फोहोर मिसाउने बिद्यमान अभ्यासलाई प्रतिबन्ध गर्दै प्राकृतिक गुणस्तर कायम राख्ने, नगरभित्रका घरधुरी शौचालयहरुको स्तरोन्नति गर्नुको साथै दिसाजन्य लेदो व्यवस्थापनको लागि सरल र सहज प्रबिधिको अबलम्बन गर्ने रणनीति अपनाइने उद्देश्यसहित चाँगुनारायण नगरपालिकाले पूर्ण सरसफाइ रणनीतिक योजना २०७५ सार्वजनिक गरेको छ । नगरस्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिले नगरपालिकालाई २०७६ चैत्र मसान्त सम्ममा पूर्ण सरसफाइको सफा र स्वच्छ क्षेत्र घोषणा गर्ने लक्ष्य राखेको छ ।
‘सफा सुग्घर घर आँगन सफा स्वच्छ बाटो, पूर्ण सरसफाइ उन्मुख बन्दैछ चाँगुनारायणको माटो’ मूल नारा तयार गरी निर्माण गरिएको रणनीतिक योजना सार्वजनिक भएको छ । चाँगुनारायण नगरपालिकालाई पूर्ण सरसफाइमा देशकै एक नमुना नगरपालिकाकोे रुपमा स्थापित गरी २०७८ पुसभित्र पूर्ण सरसफाइ उन्मुख नगरपालिका घोषणा गर्ने रणनीतिक योजना रहेको कार्यक्रमका अवसरमा जानकारी दिइयो ।
योजनाभित्र नगरभित्रका आवश्यक सार्वजनिक स्थल तथा संस्थाहरुमा भिन्न क्षमता भएका व्यक्ति वृद्धवृद्धा लैङ्घिक तथा वालमैत्री चर्पी निर्माण तथा प्रयोगमा पहुँच सुनिश्चित गर्ने, महिनावारी स्वच्छता व्यवस्थापनलाई पूर्ण सरसफाइ कार्यक्रमको अभिन्न अंगको रुपमा अगाढि बढाउने, नगरभित्रको बजार क्षेत्र तथा सार्वजनिक स्थलहरुमा फोहरको उचित व्यवस्थापन गर्ने, नगर भित्रका विद्यालयहरुमा शौचालयको प्रयोग हात धुने तथा पिउने प्रयोजनको लागि पर्याप्त सुरक्षित पानीको व्यवस्था गर्ने, बिद्यालय स्वास्थ्य सेवा प्रदायक संस्था तथा वडा कार्यालयहरुमा खानेपानी सरसफाइ तथा स्वच्छताको स्रोत केन्द्र स्थापना गर्ने जस्ता उद्देश्यहरु छन् ।
नगरमा समग्र खानेपानी तथा सरसफाइ क्षेत्रको एकीकृत विकासको लागि समन्वयात्मक र सहभागितात्मक रुपमा कार्य अगाडि बढाउन नगर स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिलाई सक्षम, प्रभावकारी र स्रोत साधन सम्पन्न बनाउने, नगर तथा वडा स्तरका संयन्त्र तथा संस्थाहरुको समन्वय तथा सहकार्यमा विद्यालयहरुमा पूर्ण सरसफाइको अवस्था हासिल गराई विद्यालयलाई बाल, लैंङ्गिक, अपाङ्ग तथा वातावरणमैत्री प्राज्ञिक स्थलको रुपमा विकास गर्ने रणनीतिक योजनामा उल्लेख छ ।
सो योजनामा व्यक्तिगत, घरायसी र वातावरणीय सरसफाइ प्रवद्र्धनका माध्यमबाट सफा, स्वस्थ भएर सहज रुपमा आत्म सम्मानयुक्त समृद्ध जीवन यापन गर्न समग्र नगरलाई सफा, स्वच्छ, सुन्दर, हरियाली युक्त पार्ने, नगर स्थित सरकारी तथा गैर सरकारी सङ्घ संस्थाहरुमा सुधारिएको खानेपानी तथा प्रयोगकर्तामैत्री सरसफाइ सुविधा, साबुन पानीले हात धुने व्यवस्था गर्नुका साथै कार्यालय र हातालाई बगैंचाको अवधारणा अनुरुप वातावरणमैत्री बनाउने वुंदा पनि समावेश गरिएको छ ।
नगरमा अव्यस्थित सार्वजनिक स्थलहरु, बजारहरु, बजार उन्मुख ठाउँ, वाटोघाटो, पानीको मुहानहरु, घनावस्तीको वातावरणीय सरसफाइमा सुधार गरी, नगर भित्र वसोवास गर्नेहरुलाई सरसफाइको प्रवद्र्धन र सरसफाइको आनीबानी परिवर्तन गर्न आवश्यक पर्ने सामाग्री तथा ज्ञान सुलभ र सजिलै पाउने वातावरण तयार गर्नुका साथै सस्ंथागत विकास, जिम्मेवारी, बजेटको व्यवस्थापन र उपलव्धिको दिगोपनाका लागि अनुकूल अवस्था तयार गर्न सहयोग पुर्याउने उल्लेख छ ।
वन संरक्षण, हरियाली प्रवद्र्धन, भू–संरक्षण, पानीका मूलहरुको संरक्षण, प्रभाव मुल्याङ्कनद्वारा भौतिक निर्माणलाई व्यवस्थित गर्दै जलवायुु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने, सबै जनसंख्यालाई न्यूनतम, आवश्यक, सुरक्षित पानीमा पहुँच सुनिश्चित गदै नेपाल सरकार गुणस्तर मापदण्ड अनुरुपको पानी उपलब्ध गराउने, नगरपालिका भित्रका सार्वजनिक जग्गाहरुलाई संरक्षण गरी हरियाली पार्क निर्माण गरी पर्यटकीय प्रर्बद्धनलाई बढावा दिने जस्ता विशिष्ट उद्देश्यहरु पूर्ण सरसफाइ रणनीतिक योजनामा समावेश गरिएको छ ।
चाँगुनारायण नगरपालिकामा पूर्ण सरसफाइ अभियानमा जुटेका सम्पूर्ण राजनीतिक दल, सरकारी निकाय, गैर सरकारी सङ्घसंस्था र विकास साझेदारहरु मानव विकासका लागि आधारभूत खानेपानी र सरसफाइ सम्पूर्ण नागरिकको न्यूनतम आवश्यकता र अधिकार भएको तथ्यलाई स्मरण गर्दै, राज्यले तय गरेको सन् २०१८ भित्र सम्पूर्ण नेपाली जनतालाई आधारभूत खानेपानी तथा सरसफाइ सुविधामा पहुँच पुर्याउने तथा सन् २०२० भित्र पूर्ण सरसफाइको सफा र स्वच्छ चरण हाँसिल गर्ने राष्ट्रिय लक्ष्यलाई मनन् गर्दै, राष्ट्रिय र प्रदेश तहमा भएका निर्णय र प्रतिवद्धताहरु प्रति सम्मान व्यक्त गर्दै बि.स. २०७८ पौष मसान्त भित्र चाँगुनारायण नगरपालिकालाई पूर्ण सरसफाइ उन्मुख नमुना नगरपालिका बनाउने संकल्पका साथ सफा स्वच्छ, स्वस्थ, समृद्ध नगरपालिका निर्माणका लागि प्रतिवद्धता पत्रमा कार्यक्रममा उपस्थित अतिथि प्रमुख अतिथिहरु र सरोकारवालाले समेत हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा सांसद महेश बस्नेतले भक्तपुरको एक लाख रोपनीमा स्मार्ट सिटी बनाउने, जग्गा एकीकरण गरी सार्वजनिक जग्गालाई एकै ठाउँमा ल्याएर एक हजार रोपनीमा रङ्गशाला बनाउने बताए ।
चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले प्रदेश नं ३ मै पहिलोपटक नगरपालिकाले पूर्ण सरसफाइ रणनीतिक योजना सार्वजनिक गरेको दाबी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here