उपचाररत स्तन क्यान्सरपीडित मनिला खतिवडाको निधन

273

काठमाडौं : झापा चन्द्रगढी-१० की मनिला खतिवडाको क्यान्सरका कारण मृत्यु भएको छ। काठमाडौंस्थित बानेश्वर बस्ने उनको सिभिल अस्पतालमा शनिवार उनको मृत्यु भएको हो।

दुई वर्षअघिबाट स्तन क्यान्सर पीडित २६ वर्षीया खतिवडा ललितपुरस्थित हरिसिद्धीमा रहेको नेपाल क्यान्सर अस्पतालमा उपचाररत थिइन्। केही दिनका लागि उनी सिभिल अस्पतालमा सारिएकी थिइन्।

उपचारका लागि रकम अभाव भएपछि उनलाई बचाउन काभ्रे चौरी देउरालीका सामाजिक अभियन्ता बिकु लामाले ‘मनिला खतिवडा बचाउ अभियान’ सञ्चालन गरेका थिए। मनिलालाई सहयोग आह्वान गरिएको चार दिनमा मनिलाका लागि २१ लाख ६८ हजार बढी रकम उठेपछि अभियान बन्द गरिएको थियो।

उनको निधनले आफू निशब्द भए लामाले बताए। ‘तमाम स्वदेश तथा विदेशमा रहनुहुने मनकारीहरुले सहयोग अभियानमा पूर्ण साथ दिनुभयो तर के गर्नु दैबको अगाडि केही लाग्दोरहेनछ। दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पिटलमा नै थप उपचार गर्ने हाम्रो निर्णय पनि असफल भयो,’ उनले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here