क्षति न्यूनिकरणका लागि पहल गरौं

3

वर्षा याम सुरु भएसँगै नेपालमा प्राकृतिक बिपत्ति निम्तिने गर्छ । जसले नेपालमा धन मात्र हैन जनको समेत क्षेति हुने गरेको छ । मनसुनी बर्षाले हुने गरेको धनजनको क्षति रोक्ने पहल कतै
पनि भएको छैन । मनसुन नआए बालिनाली पनि हुनेवाला छैन ।
आकाशकै भरमा नेपालको कृषि क्षेत्र अडेको छ । नेपालको भौगोलिक धरातल पनि बर्षालागेसँगै पहाडबाट बगेका नदिहरूले तराई डुवानमा पार्ने गरेको छ । जसले बालीनालि सँगै मानबीय
क्षति हुने गरेको छ । पहाडि क्षेत्र कमजोर धरातल हुनु र बेला बेला आएको भुकम्पले झन कमजोर बनाईदिँदा पहिरोको समस्या बढेको छ । तराईमा भारत तर्फ बाँध बाधेको कारण नेपालका सयौं गाउँ डुवानमा पर्ने गरेका छन् । बर्षौंदेखि बर्षायाम लागेसँगै हुनेगरेको मानबीय क्षति रोक्न कुनैपनि पहल देखिदैन । यसपाली उपत्यका नजिकै मेलम्ची र हेलम्बुले कहिल्यै नभोगेको प्राकृतिक बिपत्ति
सहनु प¥यो । धेरै जनधनको क्षति भयो । मान्छेहरू घरबार बिहिन भए । तर बेलैमा सञ्चार माध्यमको पहुँच र सरोकारवालाहरूको सजगताले धेरै मानबी क्षति हुन पाएन । यसले एउटा पाठ सिकाएको छ । बेलैमा साबधानी अपनाएर जनतालाई सजग र जनचेतना जगाउन सक्यो भने मानबीय क्षति न्यूनिकरण गर्न सकिन्छ । मानिस सजग नहुँदा खोलाको किनारमा सरकारी जग्गा अतिक्रमण गरी प्राकृतिक बिपत्तिको ख्यालनै नगरी घर बनाउँदा बाढीबाट मानबीय क्षति हुने गरेको छ । पहाडमा माटो परिक्षण नगरी घर बनाउँदा पहिरोले घर पुरेर मानबीय क्षति हुने गरेको छ । भुकम्प गएको ६ बर्ष पूरा भैसक्दा पनि पुनर्निर्माण नहुँदा भत्केको घरमा बस्नु पर्ने बाध्यता छदैछ भने पुनर्निर्माण भएका घर धनिले क्षति भएको घर नभत्काई मर्मत गरेर बुढापाकालाई राख्दिँदा बर्षायाममा जीर्ण घर भत्केर मानबीय क्षति हुने गरेको छ । पहाडमा गाउँनै पहिरोको चपेटामा परेर बस्तिनै सार्नु पर्ने अबस्था आएको छ । त्यसैले प्राकृतिक बिपत्ति आउनु अगाबै बर्षायाम लाग्नासाथ मानबीय क्षति हुन नदिन सरकार, सरोकारवाला निकाय र हामी पनि सञ्चार माध्यम र सामाजिक सञ्जालहरूबाट जनचेतना जगाउने खालका सुचना सम्प्रेषण गर्नु पर्छ । जीर्ण घरमा बसोबास गरिरहेकालाई लगातार वर्षा भईरहेको छ भने छिमेकिको घरमा आश्रय लिन आग्रह गर्नुपर्छ ।
अबिरल बर्षाका कारण बस्ति नजिक पहाडबाट धमिलो पानी र माटो बगिरहेको छ भने पहिरो जान सक्ने सम्भाबना रहन्छ । त्यसैले बस्तिका मान्छेलाई पहिरोजान सक्ने सम्भाबना बारे सजग गराएर
सुरक्षित स्थानमा जान प्रेरित गर्नु पर्दछ । तराईमा हुने डुवान रोक्न बाँध बाधिएका ठाउँमा बेलैमा बाधका ढोकाहरू खोलिदिनु पर्छ । डुवान हुने क्षेत्रका मानिसहरूलाई छिटो भन्दा छिटो सुरक्षित स्थानमा लगिनु पर्छ । प्राकृतिक बिपत्तिबाट हुने मानबीय क्षति रोक्न आर्मी, पुलिस मात्र हैन उद्धारक स्वयम् सेबी दस्ता खडा गर्न जरुरी छ ।
त्यसैले प्राकृतिक बिपत्तिबाट हुने मानबीय क्षति न्यूनिकरणकालागि सबै क्षेत्रबाट पहल गरौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here