जिल्ला अधिबेशनका लागि भक्तपुर कांग्रेसको तयारी तिब्र

9

भक्तपुर । जिल्ला अधिबेशनका लागि भक्तपुर कांग्रेसले तयारी तिब्र पारेको छ । जिल्ला अधिबेशनको
पहिलो चरण वडा अधिबेशनको तयार पूरा भएको जनाएको छ । यसपटकको अधिबेशन देश संघीयतामा
गईसकेपछिको पहिलो अधिबेशन हो । यसपटकको अधिबेशनलाई महत्वका साथ हेरिएको छ । हरेक
जिल्ला अधिबेशनको बेला क्रियाशिल सदस्य बिबाद हुने गरेकोमा यस बर्ष भने बिबाद देखिएन । आफ्ना
श्रीमती, साला, भाइलगायत प्रतिनिधि ल्याउन मुठाका मुठा क्रियाशिल भरेको फारमहरू दराजमा लुकाएर
राख्ने प्रबृतिको अन्त्य भएको नेताहरू बताउँछन् ।
यस पटक निर्वाचन र समानुपातिक दुबैबाट प्रतिनिधि चयन हुनेछन् । निर्वाचनका लागि केन्द्रबाट प्रतिनिधि
आईसकेका छन् । वडा, नगर, प्रदेश, क्षेत्र र जिल्ला गरी धेरै पदहरू सिर्जना भएकाले पहिला जस्तो बिबाद नहुने
नेताहरूले बताए पनि कांग्रेसमा क्रियाशिल सदस्यता लिनासाथ नेता बन्नु प्रबृत्तिले सहमतिमा अधिबेशन
सम्पन्न हुने छाँट देखिँदैन । अघिल्लो अधिबेशनहरूमा नगर सभापतिको लागि क्रियाशिल सदस्यहरूले मतदान
गर्ने ब्यबस्था भएपनि यसबर्ष देखि क्रियाशिल सदस्यको अधिकार कटौति गर्दै नगर सभापतिकालागि पनि
प्रतिनिधिले मतदान गर्नुपर्ने ब्यबस्था गरेको छ ।

जसले गर्दा सहमतिमा वडाबाट प्रतिनिधि जाने परिपाटीको अन्त्य भएको छ । आफ्ना पक्षको प्रतिनिधि बढी लानको लागि पनि वडाबाट सहमति भन्दा पनि निर्वाचननै हुने देखिएको छ । दुईवटा क्षेत्र रहेको भक्तपुरमा ५० जना भन्दा बढी महाधिबेशन प्रतिनीधिहरू चयन हुनेछन् ।
अघिल्लो अधिबेशनमा क्षेत्र नम्बर १ परेको केहिभाग क्षेत्र नम्बर २ मा र २ को केही भाग १ मा गाभिएपछि
धेरै नेताहरूलाई वडा अधिबेशनबाटै प्रतिनिधि आउन हम्मे हम्मे पर्ने देखिएको छ । प्रदेश सांसद र संघीय
सांसदको उमेदवारलाई स्वत प्रतिनिधि जान पाउने भएपछि कृष्णलाल भडेल, अनिल भुजु, बाबुराजा जोसी,
जीवन खत्री, अंगत खड्का, गणेशमान चक्रधरलाई वडाबाट प्रतिनिधिकोलागि चुनाब लड्नु नपर्ने भएको
छ । क्षेत्रीय सभापति र जिल्ला सभापति पनि सिधै प्रतिनिधि हुनेछन् । क्षेत्र नम्बर २ बाट संघीय सांसद
भक्तपुर जिल्ला भन्दा बाहिरको उमेदबार रहेकाले एक जना प्रतिनिधि कम भएको छ । एउटा वडाबाट
कम्तिमा १५ जना प्रतिनिधि र बढीमा ६५ जना सम्म चयन हुनेछन् ।

वडा सभापतिहरू पनि प्रतिनिधि हुनेहुँदा
वडा सभापतिकैलागि कडा प्रतिष्पर्धा हुने देखिएको छ । जसका लागि आ–आफ्ना समूहका गोप्य बैठक
चलिरहेका छन् । अर्को समूहसँग प्रतिनिधीकोलागि बार्गेनिङ्ग पनि चलिरहेको छ । आकांक्षीहरू पनि बढी
रहेका छन् । आफ्ना समूहका आकांक्षीहरूलाई कसरी सहमतिमा ल्याएर साझा उमेदबार छान्ने भन्ने चटारो
पनि परिरहेको छ । आकांक्षीहरूले आ–आफ्नो प्रचार सुरु गरिसकेकाले बढी खर्च हुने देखिएको छ । टिममा
नपरिने हो कि भनेर केहीले वडा अधिबेशनबाट प्रतिनिधि आएपछिमात्र सुरु गर्ने पक्षमा छन् । जिल्ला सदस्यका
लागि पनि जिल्ला भरिकै प्रतिनिधिहरूले भोट हाल्नु पर्ने हुँदा जिल्ला सदस्यका लागि पनि कडा प्रतिष्पर्धा हुने
देखिन्छ । जिल्ला सभापतिको उमेदवार हुन महाधिबेशन प्रतिनिधि बन्नुपर्ने बाध्यता छ । जो कोहीले जिल्ला
सभापतिको आकांक्षा राख्न सक्दैनन् । त्यसैले पनि धेरै जना जिल्ला सभापतिको दाबी गर्न सकेका छैनन् ।
झण्डै ५० जना महाधिबेशन प्रतिनिधि चुनिनु पर्ने हुँदा जिल्ला सभापतिमा धेरै जनाको उमेदबारी पर्ने देखिन्छ अघिल्लो अधिबेशनमा ४ जनाले जिल्ला सभापतिमा उमेदबारी दिएका थिए । जिल्ला सभापति चुनिन चुनाबमा ५०% मत कटाउनु
पर्ने र नकटाएमा पहिलो र दोस्रो हुने दुई उमेदबार बीच पुन मतदान हुने हुँदा निकै प्रतिष्पर्धात्मक हुन्छ भने
प्रतिनिधि हरूलाई खान र बस्नको ब्यबस्था गर्नु पर्दा उमेदबारहरूको खर्च पनि निकै बढ्ने देखिन्छ ।

त्यसैले पनि उमेदबार बन्न जो कोहीले आँट गर्न सक्दैनन् ।

अघिल्लो अधिबेशनमा उमेदबार बनेका राजाराम खड्का,अष्ट कबें, गणेशमान चक्रधरले पुनः उमेदबारी
दिने मनसायमा छन् । यस्तै हालको जिल्ला सभापति दुर्लभ थापाले पनि दोहोरयाउने पक्षमा छन् ।
बाबुराजा जोसी, मदन श्रेष्ठ, उद्धब सिलवाल, बिनोद कायष्थ पनि जिल्ला सभापतिमा दाबि गर्ने
पक्षमा देखिएका छन् । भक्तपुरका नेताहरू सबैले जिल्ला अधिबेशन सफल पार्न आ आफ्ना तर्फबाट
सुचना सम्प्रेशषण गर्न थालेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here