किन बहुलाए उपेन्द्र ?

132

भक्तपुर । गजलकार बिकास प्रहरको गजल “बौलाएँ म” को म्यूजिक भिडियो उपेन्द्र ढकालको मुख्य भूमिकामा छिट्टै बजारमा आउने भएको छ। यो म्यूजिक भिडियोमा उपेन्द्र ढकालले डेब्यू गरेका हुन्।
गजलमा संगीत र स्वर भने गजल गायक राज सागरको रहेको छ। संगीत संयोजन किरण कणेलको रहेको छ।
म्यूजिक भिडियोलाई रञ्जिता शिबाकोटीले निर्देशन गरेकी छन् । गजलको म्यूजिक भिडियो आफ्नो पहिलो काम भएको बताउँदै भिडियो बनाउँन धेरै मेहनत गरिएकोले राम्रो बनेको जानकारी दिईन्।
शिबाकोटीले ओ एस आरको अफिसियल यूट्युब च्यानलबाट केहीदिनमै बजारमा आउने बताईन्।
सह निर्देशन आकाश उखेडाले गरेका छन् भने नृत्य निर्देशन प्रख्यात घिमिरेको रहेको छ। स्क्रिप्ट लेखन सागर भट्टले गरेका छन्। निर्माण ब्यबस्थापन आषिश श्रेष्ठले गरेका छन् भने निर्माण सञ्जय भडेल र अरुण खड्काले गरेका हुन्।
म्यूजिक भिडियोलाई छायाङ्कन सुजय गौतमले गरेका छन्।भिडियोको सम्पादन कमलेस राजचलको रहेको छ।मुख्य भूमिकामा उपेन्द्र ढकाल रहेका छन् भने प्रकृति खतिवडाले नायिकाको भूमिका निभाएकी छन्।
यस्तै आर्शु महर्जनले सहनायक र बिनिता पाण्डे,अरुण खड्का,सागर भट्टले अतिथि कलाकारको भूमिका निभाएका छन्। गजलमा स्वार्थमा हुर्कने प्रेम सम्बन्धले दिगो रुप लिन नसक्ने देखाईएको छ।प्रेमी प्रेमीका बीच सम्बन्धमा दुर्घटनाले भयाबह रुप लिएको छ। अहिलेको समसामयीक स्थितिमा बिदेशमा नागरिकता पाएका जुनसुकै उमेरका केटाहरू माग्न आए पनि बिदेश जाने प्रलोभनमा परी केटिहरूले प्रेम सम्बन्ध त्यागेर बिहे गरि बिदेश जाने बिकृतिलाई छर्लङ्ग पारिएको छ। आफ्नै आँखा अगाडि आफ्नै प्रियसीको सिउँदो भरेको कसले हेर्न सक्छ र यही सेरोफेरोमा मुख्य भूमिका निर्बाह गरेका उपेन्द्र ढकाल आफूलाई सम्हाल्न सक्दैनन्।
उनी किन बहुलाउँछन् त्यो म्यूजिक भिडियो आएपछि थाहा हुनेछ। म्यूजिक भिडियोको पोष्टर भने सार्बजनिक गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here