वालवालिकाको लागि निःशुल्क स्वास्थ्य शिविर

28

भक्तपुर । चाँगु हेल्थ प्रोजेक्ट र टुगेदर जर्मन नेपाल फण्डको संयुक्त आयोजनामा दशैं तथा दीपावलीको अवसर पारेर वालवालिकाका लागि निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
चाँगुनारायण नगरपालिका ४ नम्वर वडा कार्यालय सँगै आयोजित उक्त शिविरमा १०३ वालवालिका र उनीहरुका अभिभावकलाई समेत स्वास्थ्य परिक्षण गरिएको थियो ।
स्वास्थ्य परिक्षण केएमसीका डाक्टर प्रिन्सु पोख्ररेलले वालवालिकाको स्वास्थ्य परिक्षण गरेकी थिईन् ।
चाँगुनारायण नगरपालिका अन्तर्गत विपन्न वालवालिकालाई नीजि विद्यालय सम्मको गुणस्तरीय शिक्षाको पहुँच प¥याउने उद्देश्यले चाँगु हेल्प प्रोजेक्टले ४२ जना, टुगेदर जर्मन नेपाल फण्डले ३३ जना गरी ७५ जना वालवालिकाको शिक्षाका लागि छात्रवृत्ति प्रदान गर्दै आई रहेको संस्थाको संयोजक प्रधुन्न पोखरेलले वताए ।
उनले २८ जना वालवालिककालागि पनि विभिन्न ब्यक्तिहरु मार्फत छात्रवृत्ति प्रदान गरिएको जानकारी दिए । उनले भने “हाल १०३ जना विपन्न वालवालिकाहरुको लागि निःशुल्क गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेका छौं , ३ जना विद्यार्थी सामुदायिक विद्यालयमा अध्ययन गर्छन् भने वाँकी १०० जना नीजि विद्यालयमा अध्ययन गरि रहेका छन् । हाल संस्थामा ३ देखि २३ वर्ष सम्मका विद्यार्थीहरुलाई छात्र वृत्ति प्रदान गर्दै आएका छौं । दुई जना छात्रा स्टाफ नर्शका रुपमा अष्ट्रेलियामा कार्यरत छन् एक जना छात्राको इन्जिनियरिङ यसै वर्ष सकिदै छ अरु छात्र छात्राहरुको पनि मानविकी ब्यवस्थापन संकायमा उत्कृष्ट नतिजा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here