साताको राशि : यस्तो छ तपाईँको यो साता

276

साप्ताहिक राशिफल 

२०७४, कार्तिक १८ – २४ गतेसम्म 

कार्तिकशुक्ल पूर्णिमा – मार्गकृष्ण सप्तमीसम्म 

१८ गते मन्वादी, कार्तिकस्नान चतुर्मासव्रत समाप्ति, 

गुरुनानक जयन्ती, 

१९ गते थानकोट महालक्ष्मीयात्रा, 

२१ गते मंगलचतुर्थीव्रत,     

मेषः साता मध्यम खालको रहनेछ । शनिबार भाग्योदय हुनेछ । पढाइ लेखाइले पनि निकै गति लिनेछ । रवि, सोमबार मध्यम प्रायः रहनेछ । मंगल, बुधबार कार्यसिद्धिदायक रहनेछ । बृहस्पति, शुक्रबार नितान्त प्रतिकूल रहनेछ । 

वृषः साता मिश्रित प्रायः रहनेछ । शनिबार खर्चिलो रहन सक्नेछ । रवि, सोमबार उन्नतिकारक र भाग्यवर्धक रहनेछ । मंगल, बुधबार बोलीवचनमा निकै सावधान रहनु पर्नेछ । बृहस्पति, शुक्रबार कार्यगत तव्रिता थपिनेछ । 

मिथुनः साताको थोरै मात्र दिन अनुकूल रहनेछ । शनिबार आयआर्जनको नयाँ स्रोत खुल्नेछ । रवि, सोमबार प्रतिकूल रहनेछ । मंगल, बुधबार भाग्यवृद्धिकारक रहनेछ । बृहस्पति, शुक्रबार आर्थिक र मौखिक पक्ष निकै कमजोर रहनेछ । 

कर्कटः साताको सुरु र अन्तिमका दिन अनुकूल रहनेछन् । शनिबार कठिनाइपूर्ण तरिकाले काममा सफलता मिल्नेछ । रवि, सोमबार सबैतिरबाट लाभैलाभ हुनेछ । मंगल, बुधबार प्रतिकूल रहनेछ । बृहस्पति, शुक्रबार भाग्योदय हुनेछ । 

सिंहः साताको अन्तिम बाहेकका बाँकी सबै दिन अनुकूल रहनेछन् । शनिबार धर्मकर्म गरिनेछ । रवि, सोमबार मानसम्मान र पदप्रतिष्ठा मिल्नेछ । मंगल, बुधबार आयआर्जनका विभिन्न बाटाहरु खुल्नेछन् । बृहस्पति, शुक्रबार प्रतिकूल रहनेछ । 

कन्याः साताको उत्तरार्धका दिन अनुकूल रहनेछन् । शनिबार प्रतिकूल रहनेछ । रवि, सोमबार मधयम प्रायः रहनेछ । मंगल, बुधबार मानोन्नतिका लागि महत्वपूर्ण अवसर मिल्नेछ । बृहस्पति, शुक्रबार आयआर्जन र विद्याबुद्धि बढ्नेछ । 

तुलाः साताको सुरु र अन्तिम अनुकूल रहनेछ । शनिबार तुलनात्मक रुपमा सुखद रहनेछ । पारिवारिक सहयोग पायनेछ । रवि, सोमबार नितान्त प्रतिकूल रहनेछ । मंगल, बुधबार मध्यम रहनेछ । बृहस्पति, शुक्रबार संघर्षपूर्ण तरिकाले काम बन्ने देखिन्छ । 

वृश्चिकः साताको पूर्वार्ध अनुकूल रहनेछ । शनिबार शत्रु पराजित हुनेछन् । आत्मबल बढ्नेछ । रवि, सोमबार पारवहन कार्य सहज रहनेछ । प्रियजन भेटिनेछन् । मंगल, बुधबार शिथिलप्रायः रहनेछ । बृहस्पति, शुक्रबार मध्यम प्रायः रहनेछ । 

धनुः साताको सुरु देखिका अधिकांश दिन अनुकूल रहनेछन् । शनिबार निर्णय क्षमता बढ्नेछ । रवि, सोमबार शत्रुमाथि विजय प्राप्त हुनेछ । मंगल, बुधबार सबै प्रकारले सुख प्राप्त हुनेछ । बृहस्पति, शुक्रबार नितान्त प्रतिकूल रहनेछ । 

मकरः साताको पछिल्ला दिन अनुकूल रहनेछन् । शनिबार प्रतिकूल रहनेछ । रवि, सोमबार मध्यम रहनेछ । मंगल, बुधबार आटे ताकेको काम सजिलै बन्नेछ । बृहस्पति, शुक्रबार दाम्पत्य जीवनमा सुख मिल्नेछ । मनोरञ्जन गरिनेछ । 

कुम्भः साताको सुरु र अन्तिम अनुकूल रहनेछ । शनिबार कार्यव्यस्ता बढ्नेछ । सामाजिक कार्यव्रmममा सहभागी भयनेछ । रवि, सोमबार प्रतिकूल रहनेछ । मंगल, बुधबार सावधानयोग्य रहनेछ । बृहस्पति, शुक्रबार काममा विजय मिल्नेछ । 

मीनः साताको सुरुका दिन अनुकूल रहनेछन् । शनिबार बोलीवचनमा प्रभाव बढ्नेछ । मिष्ठान्न भोजन मिल्नेछ । रवि, सोमबार विशेष क्रियाशीलता र व्यस्तता बढ्नेछ । मंगल, बुधबार प्रतिकूल रहनेछ । बृहस्पति, शुक्रबार मध्यम रहनेछ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here