समग्र चाँगु प्रदेशको विकासकोलागि मेरो उम्मेदवारी

265

हजुरको परिबारमा दुःखद् घटना घटेको छ, यो दुःखद् घडिमा हजुरको परिवारलाई हार्दिक समबेदना प्रकट गर्दै स्वर्गीय आमा प्रति स्वर्गमा बास होस् भनी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।

हार्दिक कृतज्ञता प्रकट गर्दछु, हामीलाई आईपरेको दुःखमा समबेदना प्रकट गर्नु भएको छ ।

तपाईं मतदाताको घर सम्म जानसक्नु भएको छैन। उहाँहरूलाई के सन्देश दिनुहुन्छ ?

हामी रितिरिवाज, संस्कार मान्ने मान्छे । मृत्यु पश्चात् गरिने संस्कार गर्दैछु । जसले गर्दा आम मतदाताहरू माझ पुग्न सकिन । आमाको स्वर्गारोहण हुनु भन्दा पहिला चाँगुनारायण नगरपालीकाको वडा नम्बर १,२,३,४,५र ६ का केही भागमा जनताको घर दैलोमा सहभागी हुन पाएँ । वडा नम्बर ६,७,८,९ र भक्तपुर नगरपालीका वडा नम्बर १० मा हजुरहरूको आगनमा उपस्थित भएर सामिप्यता र आत्मिएता बढाउन पाइँन, म उपस्थित हुन नसके पनि नेपाली काँग्रेसका बरिष्ठ नेताहरू, जिल्ला कार्य समिति, क्षेत्रीय कार्य समिति, नगर र वडा कार्यसमिति, नेपाली काँग्रेसका क्रियाशिल सदस्यहरू र शुभचिन्तकहरू तपाइँको घर आगनमा भोट माग्दै आइरहनु भएको छ । मेरो उपस्थितिलाई कमी हुन दिनु भएको छैन । तै पनि म उपस्थित हुन नसकेकोमा क्षमा माग्दै यहाँहरूले १४ गते हुन गईरहेको उप निर्वाचनमा सहभागी भई नेपाली काँग्रेसको चुनाब चिन्ह रुखमा मतदान गरी आपसी सद्भावका साथ मलाई बिजय गराउनु हुन्छ भन्ने पूर्ण बिस्वास लिएको छु । निर्वाचनको परिणामपछि तपाइँहरूसँग भेट गर्न म आफैँ आउने प्रतिबद्धता ब्यक्त गर्दछु ।

टिकट पाउनु भयो पार्टीले बिस्वास गरेको छ तपाइँलाई,अरु टिकटको दाबेदार साथीहरूलाई कसरी मिलाएर लैजानु हुन्छ ?
मसँगै दश जना नेताहरुले टिकटको दाबेदारी गरेका थिए । सबै योग्य नै थिए टिकटको लागि । सबैको सहमतिपछि पार्टीले मलाई बिस्वास गरेको छ । हामी जति जना दाबेदार थियौं सबै काँग्रेसकै सिपाइँ हौं । जसले टिकट पाएपनि नेपाली काँग्रेसलाई जिताउन पर्छ भन्नेमा छौं । त्यही अनुसार सबै मत माग्न घरदैलोमा ब्यस्त हुनुहुन्छ ।

तपाइँको उम्मेदवारी चाहिँ किन ?
पार्टीको एजेण्डा नै मेरो एजेण्डा हो । तै पनि प्रदेश नम्बर ३ क्षेत्र नम्बर १ क चाँगुको समग्र बिकास गर्न र जनतामा सुशासन समृद्धि प्रदान गर्नको लागि हो ।

तपाइँलाई जनताले पत्याउलान् त । जनताले पत्याउने आधार चाहिँ के के हुन् ?
म संविधान सभा निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर१ बाट पनि उमेद्वार रही सकेको छु । त्यसै बेला जनतामा प्रतिबद्धता ब्यक्त गरे अनुरुप म पराजय भएपनि बिकास निर्माणमा सहभागी भएको छु । जजतामा आईपरेको समस्या समाधान गर्न दिन रात नभनी हिडेको छु । यो आधार एउटा हो भनी अरु आधार भनेका दुई तिहाईको सरकारले दुई बर्षमा जनतालाई कुशासनमा राखेको छ । भष्टाचार बढेको छ । दोहोरो कर जनतामा थोपरेर महंगीको मारमा पारेको छ । हत्या, हिंसा र बलात्कारको चरम सिमा नाघेको छ । यसबाट आजित जनताले नेकपाको बिकल्प खोज्नु हुन्छ र नेपाली काँग्रेसको रुख चिन्हमा मत हाल्नु हुन्छ भन्नेमा बिस्वस्त छु । नगरकोट बासीको बर्षौंदेखिको रोजी रोटी र उठिबास अनि अलपत्र कमलबिनायक नगरकोट सडकको कारण पनि यसपाली नेपाली काँग्रेसलाई मत दिनुहुन्छ । म पूर्ण रुपले बिस्वस्त छु ।

उम्मेद्वार हुनासाथ पैसा बाड्यो भनेर आरोप लगाएका छन् नि ।
चोरको खुट्टा काट भन्दा चोरले पहिल्यै खुट्टा सारेको जस्तै हो । बिगत चुनाबमा पैसा बाँडेर चुनाब जित्नेहरूले अफबाह फैलाएका मात्र हुन्। चुनाबलाई कसरी मितब्ययी बनाउन सकिन्छ भनेर घरदैलोमा खटिने कार्यकर्तालाई सादा खाना समेत वडा कार्यसमितिले ब्यहोर्दै आएको छ । झुटो बोलेर जनतालाई कहिले सम्म झुक्याईरहनेत्यस्ता भ्रममा नपर्न मतदाताहरूलाई आग्रह गर्दछु ।

तपाइँले चुनाब जितेपछि के गर्नुहुन्छ ? कुनै खाका कोर्नु भएको छ ।
मैले चुनाब जितेपछि पार्टीको एजेण्डा अनुरुप काम गर्छु । तर मैलेपनि यस क्षेत्रको बिकासमा एउटा खाका बनाएको छु । म यसै क्षेत्रको मान्छे । जतिबेला देखि राजनीति सुरु गरेँ त्यसै बेलादेखि यश क्षेत्रको बिकासमा लागि परेको छु । मैले जितेर तहल्का मचाउछु भनेको छैन । प्रदेशसभा सदस्यको काम नीति निर्माण गर्ने पनि हो । विद्यमान कानूनको परिधिभित्र रहेर त्यस अनुरुपका कानूनी प्रक्रियाको कार्यान्वयनमा अगाडि बढाउँछु । त्यो कानून र विधि अनुरुप यदी कसैले काम गरेनन् भने उनीहरुलाई जनताको माझ ल्याएर उभ्याउँछु । प्रदेशसभाले बजेट खर्च गर्न सकेको छैन । प्रदेश राजधानी तोक्न सकेको छैन । यस्तो अवस्थामा प्रदेशको बजेट ल्याएर समानुपातिक रुपले यस क्षेत्रको बिकास गर्न र भक्तपुरलाई प्रदेशको राजधानी तोक्न विशेष भूमिका खेल्ने छु । हुँदा खाने जनतालाई हुनेखाने बनाउन आय आर्जन गर्ने ब्यवस्थित रुपमा बजारको ब्यवस्था गरिदिने छु । चाँगुनारायण मन्दिरलाई ऐतिहासिक अध्ययन केन्द्रको रुपमा बिकास गर्ने र धार्मिक पर्यटक भित्र्याउने । यस्तै नगरकोटलाई पर्यटकीय गन्तब्यका रुपमा बिकास गर्ने। अलपत्र सडकहरूलाई कालोपत्रे गर्ने । पर्यटकहरूलाई लोभ्याउन आवश्यक पदमार्ग निर्माण गर्ने । चाँगुनारायणमा ऐतिहासिक तामाङ बस्तिहरू रहेका छन् । तामाङ संस्कृतिको उत्थान गर्न सकियो भनेपनि यस क्षेत्रलाई समृद्ध बनाउन सकिन्छ । त्यसैले तामाङ बस्तिमा होमस्टे सञ्चालन गरेर तामाङ बस्तिका मान्छेलाई त्यही नै रोजगारी सिर्जना गरेर समृद्ध प्रदेश बनाउन लागि पर्नेछु । शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकताका साथ अघि बढाउनेछु भने आधुनिक कृषि प्रणालीलाई जोड दिनेछु ।

अन्तमा
मतदाताहरूको घरदैलो सम्म आउन नसककोमा क्षेमा माग्दै जसरी पहिले झुक्याएर मत मागे । त्यसरी नै फेरि झुक्याउँदैछन् तपाइँहरूलाई । यस पटक त्यस्तालाई चिनेर नेपाली काँग्रेसको रुख चिन्हमा मत हालेर बिजय गराउन हुन हार्दिक अनुरोध गर्दछु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here