सेनाद्वारा गुल्मीका २५ विद्यालयलाई खेलकुद सामाग्री वितरण

93

गुल्मी । गुल्मीका २५ विद्यालयलाई सेनाले खेलकुद सामग्री हस्तान्तरण गरको छ ।
वीरभद्र जंग गुल्मले जिल्लाका विद्यालयहरुलाई खेलकुद् सामग्री वितरण गरेको हो ।

समुदाय र नेपाली सेनाबीचको सम्बन्ध स्थापित गर्दै खेलकुद क्षेत्रको विकासमा उत्प्रेरणा प्रदान गर्न खेलकुद सामग्री वितरण गरिएको गुल्मपति सेनानी जनमत कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सेनाले १२ स्थानीय तहमा २५ विद्यालयलाई खेलकुदका सामाग्री हस्तान्तरण गरिएको हो ।
गुल्मले एक स्थानीय तहका दुई विद्यालय गरी ११ स्थानीय तहका २२ विद्यालय र रेसुंगा नगरपालिकाका तीन गरी २५ विद्यालयलाई खेलकुल सामाग्री भलिबल उपलब्ध गराएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here