के मधेश क्रान्ति फोरमका संयोजक नविन यादव पार्टी परिवर्तन गर्दै नै हुन् त

162

काठमाण्डौं । मधेशी आन्दोलनलाई एक रुपमा लैजान पुलको भूमिका निर्वाह गर्दै आएका युवा नेता मधेश क्रान्ति फोरमका संयोजक नविन यादव पाटी परिर्वतन गर्दै छन् भन्ने हल्लाले पुरै मधेश तातेको छ । उनी कता जाने हुन् भन्ने नै सवैको मनमा परेको देखिन्छ ।
लामो समय जानकपुरको राजनीतिमा आफ्नो दर्विलो पहिचान बनाएका यादव संघीय समाजबादी फोरम नेपालमा प्रवेश गर्न लागेको हल्ला चलेको छ ।
संयोजक यादवले संघीय समाजबादी फोरमका केन्द्रिय अध्यक्ष तथा उपप्रधान एवम स्वास्थ्यमन्त्री उपेन्द्र यादवसंग भेटघाट गरे सँगै उनको पार्टी परिर्वतनको हल्ला चरम सिममा पुगेको हो ।
मन्त्री यादवको नीजि सचिवालयका अनुसार नविन यादव संघीय समाजबादी फोरममा प्रवेश गर्न लागेका छन् । यादव जस्ता युवा नेताको आवश्यकता पुरै मधेशमा रहेको अवस्थामा उहाँ हाम्रो पार्टीमा प्रवेश गर्न लाग्नु स्वागत योग्य कुरा भएको जनाउँदै सचिवालयले यसको सम्वन्धमा हामी सकारात्मक भएको जनाएको छ ।
पार्टी प्रवेशको कुरामा संयोजक यादवसंग कुरा गर्दा उहाले भने केहि उत्तर दिनु भएन । मधेशका मसियाका रुपमा चर्चामा आउँदै गरका युवा नेता एवं मधेश क्रान्ति फोरमका संयोजक नविन यादव भने अहिले कुनै पार्टी प्रवेश गर्ने कि नगर्ने भन्ने विषयमा आफू अन्योलतामा रहेको बताउँदै आउनुभएको छ ।
मन्त्री यादव सँग आफू भेट गर्न गएको बताउँदै आफू उहाँ सँग पार्टी प्रवेशको भन्दा पनि समग्र मधेशको विषयमा कुरा गर्न गएको जनाउँदै आउनुभएको छ ।
पार्टी प्रवेशको सम्वन्धमा भने आफ्नो आधिकारीक केहि धारण नआई सकेको उहाँले जानकारी गराउनुभयो ।
नविन यादव मधेशको राजनीतिमा एक अलग पहिचान बनाएर बसेका राजनीतिज्ञ हुन् । उनी संजय शाह संग काम गर्दै आईरहेका थिए । उनी जेल गइसकेपछि यादव आफै मधेश कान्ति फोरमका संयोजक भई मधेशी जनता युवाको हक हितका लागि लड्दै आएका छन् ।
उनी मधेश आन्दोलनमा मधेश क्रांन्ति संघर्ष समितिको अध्यक्ष भएर आन्दोलनमा सहभागी हुँदा मरणसन्य हुने गरि घाइते भएका थिए । मधेशी जनताको हक अधिकारकालागि लडी रहँदा आन्दोलनमा गम्भिर घाइते भई मृत्युको मुखबाट बचेर आएका उनको लक्ष्य भनेको नै मधेश र मधेशीको हक हितकालागि गरिने कार्य हो भन्दै मधेशी युवा जागरणका अगुवाका रुपमा उनी काम गर्दै आएका छन् ।
पहिलो मधेश अन्दोलन देखि नै आफ्नो अहम भुमिका निर्वाह गरेका यादव मधेशीको हक अधिकारकालागि दिलो ज्यान दिएर काम गरि रहेका एक युवा नेताका रुपमा धनुषामा चर्चित छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here