युरो किड्समा दोस्रो अन्तरक्रिया तथा ग्रेड बृद्धि कार्यक्रम

132

भक्तपुर । बिगत ४ बर्षदेखि विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको सूर्यबिनायक नगरपालिका ५ सल्लाघरीस्थित युरो किड्सले यस बर्षको दोस्रो अभिभावक, शिक्षक अन्तरक्रिया तथा ग्रेड बृद्धि कार्यक्रमको आयोजना गरेको छ ।
अन्तरक्रिया तथा ग्रेड बृद्धि कार्यक्रममा अभिभावकहरुले आफ्नो छोराछोरीहरुले विद्यालयमा गर्ने क्रियाकलापहरु र उनीहरुकोे मूल्यांकनको बारेमा जानकारी प्राप्त गर्नुभएको थियो । उहाँहरुले आफ्ना छोराछोरीहरुले विद्यालयमा के–के गर्छन्, कस्तो प्रकारकार खानेकुराहरु खान्छन्, कक्षामा गरिने क्रियाकलापहरु, अतिरिक्त क्रियाकलापहरुमा सहभागितालगायत आफ्नो छोराछोरीहरुको ग्रेड बृद्धि बारे कक्षा शिक्षकबाट प्रत्यक्ष जानकारी लिनुभएको थियो ।

यसरी अभिभावक र शिक्षकबीचको प्रत्यक्ष अन्तरक्रियाले अभिभावकहरुको मनमा उठेका कयौं प्रश्नहरुको जवाफ र आफ्ना छोराछोरीहरुको कमीकमजोरीका बारेमा पनि जानकारी पाउने हुनाले चार चार महिनाको फरकमा अभिभावक शिक्षकबीच अन्तरक्रिया तथा ग्रेड बृद्धि कार्यक्रम गर्दै आएको विद्यालयका प्रबन्ध निर्देशक नवराज काफ्लेले जानकारी दिनुभयो । उहाँले विद्यालयमा अध्ययरत विद्यार्थीहरुको अभिभावकहरुले दिनुभएको सल्लाह, सुझावअनुसार विद्यार्थीहरुको सहजताको लागि विद्यालयमा आवश्यक परेको स्रोत र साधानहरु थप गरिएको बताउनुभयो । उहाँले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको मूल्यांकन पास र फेलभन्दा पनि निरन्तर मूल्यांकन पद्धति (CAS) अनुसार मूल्यांकन गरिँदै आएको बताउनुभयो । उहाँले यसरी मूल्यांकन गरिँदा विद्यार्थीहरुमा पास, फेलको मानसिकता हट्ने र निरन्तर मूल्यांकन गर्दा विद्यार्थीहरु कुन कुरामा कमजोर छन् भन्ने अभिभावकहरुलाई सहजै थाह हुने बताउनुभयो ।
सम्झना गिरी संस्थापक प्रिन्सिपल रहनु भएको हाल यस युरो किड्समा पिजी देखि कक्षा ३ सम्मका कक्षाहरु सञ्चालन भइरहेको छ भने नेपालभर यसका ३२ वटा शाखा सञ्चालनमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here