रहेनन् भक्तपुरका संविधान सभा सदस्य रामेश्वर ढुङ्गेल

147

भक्तपुर । भक्तपुर क्षेत्र नम्वर २ बाट संविधान सभा सदस्य रहेका रामेश्वर प्रसाद ढुङ्गेलको मंगलबार निधन भएको छ ।
नेपाली काँग्रेस भक्तपुरका नेता तथा संविधान सभा सदस्य मंगलबार दिउँसो अस्पतालमा निधन भएको हो ।

दोस्रो संविधान सभा निर्बाचन २०७० मा नेपाली काँग्रेसको तर्फबाट भक्तपुर क्षेत्र नम्बर २ बाट निर्बाचित भएका थिए । कटुञ्जेबासीहरू पानी पिता भनेर सम्बोधन गरिने उनको निधन सँगै पुरै कटुञ्जेबासीमा सोक छाएको छ ।

समाजसेवामा हरदिन खटिने, कुनैपनि पार्टी भनेर नहिच्किचाउने,सबैलाई समान रुपमा आईपरेका समस्या समाधानमा तल्लिन रहने नेताका रुपमा परिचित थिए । उनको कार्यकालमा पानी तथा सडक निर्माणमा निकै योगदान पुरयाएका छन । उनले गरेको कामको प्रचार प्रसार भक्तपुर काँग्रेसले गर्न नसकेकोमा दुखि थिए ।

ढुङ्गेलको केही समय अघि घाँटीको शल्यक्रिया गरिएको थियो । नेपाली काँग्रेस जिल्ला कार्य समितिका स्थायी आमन्त्रीत सदस्य तथा महासमिति सदस्य रहेका ढुंगेल भक्तपुर क्षेत्र नम्वर २ का पूर्व सभापति समेत हुन् । सोमबार अचानक मस्तिष्कघात भएपछि शिक्षण अस्पताल पुरयाईएका उनको उपचारका क्रममै मंगरबार निधन भएको हो ।

उनको पत्नीको पहिल्यै निधन भईसकेको छ । उनको तीन छोराहरू छन । उनको मंगलबार साँझ पशुपति आर्यघाटमा दाहासंस्कार गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here