यूरो किड्समा खेलकुद मेला

101

भक्तपुर । सूर्यबिनायक नगरपालिका सल्लाघारीस्थित यूरो किड्सले खेलकुद मेलाको आयोजना गरेको छ । खेलकुद मेलामा पि.जी. कक्षादेखि ३ कक्षासम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो । सट–पुट, फुटबल, लंग जम्प, ५० मिटर दौड, रिले दौड, टग अफ वार
(डोरी तान्ने), टेबुलटेनिसलगायतका खेलकुदमा कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरुले भाग लिएका थिए भने पि.जी देखि यूरो सिनियर
(एलकेजी) का विद्यार्थीहरुका लागि भने बेलुन दौड, हुला हुप था्रे लगायतका मनोरञ्जनात्क खेलकुद समावेश गरिएको थियो ।


कार्यक्रमको उद्घाटन गर्दै युरो किड्सका प्रबन्धक निर्देशक नवराज काफ्लेले पढाईका साथसाथै खेलकुदका माध्यमबाट पनि विद्यार्थीहरुलाई सक्षम बनाउन खेलकुद मेलाको आयोजना गरिएको बताउनुभयो । उहाँले बिद्यार्थीको शारीरिक विकासका लागि खेलकुद महत्वपूर्ण रहेको बताउँदै खेलका किसिम र खेल्ने विधि पनि थाहा पाउने हुनाले कार्यक्रम लभादायी रहको बताउनुभयो । खेलुकदु पनि पढाई जतिकै महत्वपूर्ण रहेको बताउँदै उहाँले यसलाई पनि पढाइसँगसँगै लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले विद्यार्थीहरुले पढेर मात्रै होइन खेलकुदका माध्यमबाट पनि देशको गौरब बढाउनसक्ने चर्चा गर्नुभयो ।
राष्ट्रिय गीतमा नृत्य प्रस्तुत गरी सुरु भएको कार्यक्रममा विजयी तथा सहभागी विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here