व्लड क्यान्सर पीडित रविन बचाउ अभियान अन्तर्गत शनिवार सूर्यविनायकमा भव्य साँस्कृतिक कार्यक्रम हुँदै

61

भक्तपुर । तेमाल गाउँपालिका वडा नम्वर ९ काभ्रेका व्लड क्यान्सर पीडित रविन तामाङ बचाउन भक्तपुरमा भव्य साँस्कृतिक कार्यक्रम हुने भएको छ ।
पुस २४ गते भक्तपुरको सूर्यविनायक स्थित शुभकामना पार्टी प्यालेसमा रविन तामाङ बचाउ अन्र्गत वृहत साँस्कृतिक कार्यक्रम हुन लागेको हो ।
विभिन्न बचाउ अभियानका अभियन्ता एवं पत्रकार सुदिन लामाले बचाउन अभियान पुर्व उर्जा राज्य मन्त्री सुर्यमान दोङ(लालध्वज)को प्रमुख अतिथिमा हुन गइरहेको सहयोगार्थ वृहत् साँस्कृतिक कार्यक्रम २०७८ मा दर्जन भन्दा बढि कलाकारले प्रस्तुती गर्नुहुने बताउनुभएको हो ।
विहान १० बजे देखि हुने उक्त कार्यक्रम दिन भर नै चल्ने छ ।