मध्यपुरथिमि दुईद्वारा जेष्ठ नागरिकलाई भ्रमण

41

भक्तपुर . मध्यपुर थिमि नगरपालिकाले वडा न. २ का जेष्ठ नागरिकहरुलाई वडा स्तरीय ५ दिने पोखरा- कुश्मा- बाग्लुंग भ्रमणमा पठाएको छ । उक्त भ्रमण टोलीमा चिकित्सक १ जना, खाना पकाउने, स्वयंसेवक ३ जना गरि जम्मा २० जनाको भ्रमण हुने वडा सदस्य अम्बिका रजकले जानकारी दिनु भयो । भ्रमण टोलीको बिदाई मध्यपुर थिमि नगरपालिकाको उप-प्रमुख अन्जना देवी मधिकर्मी र वडा अध्यक्ष राम थापाले खादा ओढाएर यात्राको लागि  शुभकामना समेत दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here