आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू मा यूएई विरुद्ध नेपालको ४ विकेटको जित

101

आईसीसी वर्ल्डक्रिकेट लिग डिभिजन टू मा यूएई विरुद्ध नेपालले ४ विकेटको जित हात पारेको छ । नेपालले टस जितेर पहिले युएई लाई ब्याटिङको निम्ता दिएको थियो । बर्षाको कारण निर्धारित समय भन्दा ढिलो सुरु भएको खेल ३४ ओभरमा छोट्याईएको थियो । युएईले ३ ओभर वाँकी छदै सबै विकेट गुमाएर ११४ रनको बनाएको थियो ।
जवाफी ब्याटिङमा उत्रेको नेपालले ५ ओभर १ वल अगावै लक्ष्य पुरा गर्यो । नेपालका लागि कप्तान पारस खड्काले अर्धसतक पुरा गरे ।
नेपालका लागि सन्दिप लामिछानेले फेरि पनि उत्कृष्ट बलिङ प्रदर्शन गरे । उनले ७ ओभरमा ३० रन दिँदै ३ विकेट लिए । त्यस्तै नेपालका लागि सोमपाल कामीले पनि ४ विकेट लिए । पारस खड्काले २ विकेट लिए भने करन केसीले एक विकेट लिएका थिए ।

सोमपाल कामीले पहिलो ओभरमै नेपाललाई विकेट दिलाएका थिए । युएईका लागि साइमन अन्वरले सर्वाधिक ३० रन बनाएका थिए । उनलाई सन्दिपले नै बोल्ड गरेका थिए ।

नेपालले आफ्नो पहिलो खेलमा नामिबियालाई १ विकेटले हराएको थियो भने ओमानसँग भने २३ रनले पराजित भएको थियो । युएईको दुई खेलमा १ हार र १ जित रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here