खुल्ला दिसामुक्त घोषणा भइसकेको भक्तपुरमा फेरि शुरु भो गैर सरकारी संस्थाको डलरको खेती,भक्तपुरको योजना हेलम्बुको चिसोमा

104

भक्तपुर । जुन जोगी आएपनि कानै चिरेका भन्ने उखान चरितार्थ पार्दै भक्तपुरका जम्बो टोली योजना तर्जुमा गर्न सिन्दुपाल्चोकको हेलम्बु पुगेको छ । जिल्ला स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिको कार्यशाला गोष्ठिका सिलसिलामा भक्तपुरका जम्वो टोली उता तिर लागेका हुन् ।
जनप्रतिनिधि आएपछि यस्ता कार्यको अन्त्य हुने विश्वास लिएका सर्वसाधारणलाई आफुहरु पनि पहिलाका नै जोगी नै भएको प्रामाणित गर्दै जिल्ला समन्वय समितिका सभापती लगाएतका टोली हेलम्वु पुगेका हुन् । उक्त कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले गरेका छन् ।
जिल्ला स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिको कार्यशाला गोष्ठि भएकाले गेलाल त्यसको अध्यक्ष हुन् ।
कार्यक्रम पूर्ण सरसफाई सम्बन्धी रणनैतिक कार्ययोजना २०७४ कार्यशाला गोष्ठी चैत ३ र ४ नाम दिएको छ ।
यूनहेल्बेटास र भक्तपुरलाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्न मदत गर्ने गैर सरकारी संस्था युवा क्रियाकलाप समाजले उक्त कार्यशाला गोष्ठि जुराएको सोही टोलीमा समावेश एकजनाले बताए ।
यसबारेमा भक्तपुर भक्तपुरमा जिल्लामा नै योजना तर्जुमा गोष्ठि बस्दा के हुन्छ ? भन्ने प्रश्न गर्दा भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले प्रश्नको फरक जवाफ दिदै भने ‘यो रणनैतिक योजना बनाउने कार्यशाला भएकाले पत्रकारहरुलाई पछि कार्यक्रम गरेर जानकारी दिइने नै छ यो भन्दा बढि म केहि भन्न सक्दीन । ’
जिससका प्रमुख गेललासंग फोन सम्पर्क गर्दा उनले ‘पछि कुरा गर्छु’ भनेर पन्छिए ।
उक्त गोष्ठिमा जिल्लाका सांसद, जिल्ला समन्वय समितिका उपप्रमुख तथा सदस्यहरु, प्रदेश सांसद, नगरपालिकाका प्रमुख, उपप्रमुख, गैससका प्रतिनिधि तथा केही पत्रकारहरुको समेत सहभागिता रहेको स्रोतले जानकारी दिएको छ ।
जिल्ला समन्वय समितिका सभापती र नगरपालिकाका मेयरको च्वाईसमा नै खुला हावा खानका लागि यो कार्यक्रम हेलम्वुमा रखिएको नाम उल्लेख नगर्ने सर्तमा एक सहभागिले बताए । उनका अनुसार भक्तपुर लगाएत उपत्यकाका सवै ठाउँ घुमी सकिएको छ अव केहि खुल्ला मौसमको चाह गदै जनप्रतिनिधिहरुले हेलम्वु रोजेका कारण आफुहरुले नाई भन्न नसकेको बताउँदै उनले भने यसो नगरेका खण्डमा फेरी भोलीका दिनमा दुःख दिने यिनै प्रतिनिधि हुन् यसैले कार्यक्रम उनीहरुको च्वाईसमा नै राखेको उनले बताए ।
भक्तपुरमा पछिल्लो समय सरकारी, गैरसरकारी संस्था र सहकारीहरुको अवलोकन भ्रमणमा नाममा लाखौं रकम भ्रमण गरेर सक्ने परिपाटीको विकाशले फडको मारेको छ ।
यस्ता गलत परिपाटीको अन्य हुनुपर्नेमा जिल्लाका माथिल्लो तहका नेता र कर्मचारीहरु र संञ्चाकर्मीले समेत यस्ता कार्यको उत्थानका लागि साथ दिने गरेका छन् । शनिबार हेलम्वु लागेको टोली आइतबार साँझ फर्केको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here