भक्तपुरमा खुलेआम यौनधन्दा : प्रहरी बन्यो मुकदर्शक

85

भक्तपुर
भक्तपुरमा अनैतिक रुपमा गैरकानुनी यौनधन्दा मौलाउँदै गएको छ । राजमार्ग आसपास खुलेका गेष्टहाउसमा खुलेआम यौनधन्दा मौलाउन थालेको हो । प्रहरीको मुकदर्शको फाइदा उठाउँदै पछिल्लो समय यसले झनै ब्यापकता पाउँन थाल्दा पनि सम्बन्धित निकायले चासो नदिएको स्थानीयको गुनासो छ ।

भक्तपुरमा गेष्ट हाउसपिच्छे गैरकानुनी रुपमा यौनधन्दा मौलाउन थालेको स्थानीयको ब्यापक गुनासो छ । गेष्ट हाउसमा दिनदहाडै गैरकानुनी यौनधन्दा मौलाउदा पनि प्रहरी प्रशासनले चासो नदिएको स्थानीय मुकुन्द श्रेष्ठले गुनासो गरे । भक्तपुरमा राजमार्ग दायाबायाँ खुलेका गेष्टपिच्छे खुलेआम रुपमा यौनधन्दा हुने गरेको श्रेष्ठले बताए ।

कतिपय गेष्ट हाउसमा कलिला उमेरका बालिका राखेरसमेत यौनधन्दा चलाइने गरिएको अर्का स्थानीय गोकुल केसी बताँछन् । सरकारबाट गेष्ट भनेर दर्ता भएपनि अधिकांश राजमार्ग आसपासका गेष्टमा गलत कार्य हुने गरेको केसी दावी गर्छन् । हरेक गेष्ट हाउसमा मादर्क पदार्थबाहेक अरु केहि नपाइने गरेको उनले बताए ।

स्रोतका अनुसार राजमार्ग आसपासमा डेढ सयको हाराहारीमा त्यस्ता गेष्ट हाउस सञ्चालमा छन् । प्रायजसो गेष्ट हाउसमा कम्तिमा पनि पाँच जना यौनकर्मी राख्ने गरिएको छ । ती यौनकर्मी कोही पनि कुनै नसाबाट मुक्त हुँदैन् । सबै लागुऔषध र जाड रक्सीले लठठ् हुने गरेका छन् । यस्ता यौनकर्मीलाई यौन सम्र्पक राखेवापत गेष्ट हाउसले कम्तिमा १५ सय लिने गरेको पाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here