दाईजो प्रथामाथि केन्द्रित धारावासीको कथामा  ‘भोर’

237

काठमाडौं । सती प्रथामाथि ‘झोला’ बनाएर प्रशंसा बटुलेका निर्देशक यादवकुमार भट्टराई अर्को सामाजिक चलचित्र ‘भोर’ (फर्स्ट लाईट) लिएर दर्शकमाझ आउँदैछन् ।
नेपालको तराई क्षेत्रमा ब्याप्त दाइजो प्रथामाथि केन्द्रित धारावासीको कथामा सामाजिक चलचित्र भोर निर्माण भएको छ जसमार तराई मुलका कलाकारहरुको अधिकतम अभिनय रहेको छ ।
‘झोला’ कै ब्राण्डमा अडिएर निर्देशक भट्टराईले ‘भोर’ लाई ब्याप्त दाईजो प्रथामाथि अडिएर चलचित्र आउने भएको छ ।
सम्पुर्ण छायांकन जनकपुरमा गरिएको यस फिल्ममा मुख्यतः मिथिलाञ्चलको प्रमुख ब्यथा दाइजोको समस्यालाई प्रस्तुत गरिएको छ ।
आहिलेको समयमा पनि दाइजोको कारण लिङ्ग पहिचान गरेर छोरीको गर्वमै हत्या गरिने यथार्थलाई चलचित्रमा प्रस्तुत गरिएको छ । छोरीलाई जति पढायो उति नै बढि दाईजो दिनुपर्ने , दाईजोको रकम पुरा नदिएको कारण छारीको हत्या भईरहेका कुराहरु समेटेर नारीहरु शिक्षाबाट बन्चित भइरहेको जस्तो तीतो यथार्थ फिल्ममा रहेको निर्देशक यादव कुमार भट्टराईले जानकारी दिनुभयो । आउदो २१ बैशाखमा फिल्म प्रदर्शनको मिति तोकिएको छ । राज तिमल्सेनासँगै रामगोपाल थापा निर्माता रहेको फिल्मका कार्यकारी निर्माता देवेन्द्र सुवेदी हुन् ।
मिडिया फर कल्चरको ब्यानरमा निर्माण भएको फिल्ममा रामनारायण ठाकुर, डली सरकार, प्रमेश झा, अनितारानी चौधरी, विष्णुकान्त झा, राजेश सक्सेना, बिएन पटेल, पुजा कर्ण लगायत मुख्य भुमिकामा छन् ।
फिल्मका सबैजसो कलाकार स्थानीय छन् । फिल्मको कथा कृष्ण धारावसीले लेखेका हुन् भने पटकथा निर्देशक भट्टराईको नै छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here