लामालाई थप अनुसन्धानका लागि दश दिन म्याद थप

50

 

काठमाडौँ, १२ चैत (रासस) ः हतियारसहित गौशालाबाट पक्राउ परेका गणेश लामालाई थप अनुसन्धानका लागि १० दिन म्याद थप गरिएको छ ।

फागुन ३० गते पक्राउ परेका लामालाई प्रहरीले चैत १ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा म्याद थप गरी अनुसन्धान शुरु गरेकामा अनुसन्धान नसकिएपछि थप १० दिन म्याद थप गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता मोहन थापाले जानकारी दिनुभयो ।

“थप अनुसन्धान भएपछि मात्र यस सम्बन्धमा आधिकारिक प्रमाण आउँछ”, उहाँले भन्नुभयो ।

हातहतियार तथा खरखजना ऐनअन्तर्गत छ महिनादेखि एक वर्षसम्म कैद, रु ६० हजारदेखि एक लाखसम्म जरिवाना वा दुवै सजायाँ हुने व्यवस्था छ ।

लामामाथि विसं २०६६ असार, २०६७ कात्तिक, २०६८ साउन र २०७० चैतमा काठमाडौँ परिसरमा मुद्दा दायर भए पनि उनलाई यही माघमा अदालतले सफाइ दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here