सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा

66

पाँचथर, १४ चैत (रासस) ः पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं ३ मा सामुदायिक स्वास्थ्य एकाइको उद्घाटन गरिएको छ । स्वास्थ्य एकाइको प्रतिनिधिसभा सदस्य वशन्तकुमार नेम्वाङले उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रममा सांसद नेम्वाङले यस स्वास्थ्य एकाइबाट घरदैलोमै नागरिकले सेवा सुविधा पाएको भन्दै यस स्वास्थ्य एकाइलाई अघि बढाउन स्थानीयवासीको महत्पूर्ण भूमिका हुने बताउँदै यसका लागि राज्यले पनि सहयोग गर्नुपर्ने बताउनुभयो ।

यस्तै, कार्यक्रममा हिलिहाङ गाउँपालिका प्रमुख तथा नेकपा (एमाले)का गाउँपालिका इन्चार्ज भवानीप्रसाद लिङ्देनले यस स्वास्थ्य एकाइलाई अघि बढाउन गाउँपालिकाले पनि आवश्यक सरसहयोग गर्दै जाने बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टार्जनकुमार लिम्बू, वडा नं १ का वडाध्यक्ष गोपीकृष्ण भण्डारी, २ नं वडाका वडाध्यक्ष भीमप्रसाद हेम्ब्या, वडा नं ३ का वडाध्यक्ष मदन गौतम, प्राथमिक स्वास्थ्य केन्द्र, गोपेटारका प्रमुख किरण पाण्डेलगायतले बोल्नुभएको थियो ।

यस स्वास्थ्य एकाइमा अहिले अहेव र अनमी गरी दुईजनाले काम गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here