प्रहरी प्रमुखको नियुक्ति विवादको नालीबेली

103

काठमाडौं । मुलुक स्थानीय निर्वाचनको संघारमा छ । निर्वाचन भन्ने वित्तिकै भयरहित, निस्पक्ष हुनुपर्छ भन्ने मान्यता राखिन्छ । त्यो भनेको शान्ति सुरक्षामा निर्धक्क हुने अवस्था हो । शान्ति सुरक्षाको मुख्य जिम्मेवारी लिने जनपद प्रहरी प्रमुख लामो समयदेखि निमित्तले चलाउनुपर्ने बाध्यता सिर्जना भएको छ । वरियताको विषय उठाएर सर्वोच्च अदालतले सरकारले नियुक्ति गरेका जयबहादुर चन्दलाई जनपद प्रहरी हुनबाट रोकेपछि यो संगठन तदर्थवादमा चलेको छ । सरकारले जनताका लागि गर्नुपर्ने महत्वपूर्ण काममध्ये शान्ति सुरक्षा पनि हो । सरकारले पछिल्लो दिनमा यसबारेमा ध्यान दिन भ्याएको छैन । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाका बीचमा वरियताको विवादलाई लिएर तीन हप्तादेखि मन्त्रीपरिषद्को वैठक बस्न सकेको छैन । उपप्रधानहरुकै वरियताका कारण मन्त्रीपरिषद नै बन्धक बनिरहेको अवस्थामा वरियताको विवाद उठेर रोकिएको जनपद प्रहरीको प्रमुख छान्न उसको लागि प्राथमिकतामा पर्ने कुरै भएन ।  वरियताका कारण देखाएर अदालतको हस्तक्षेप पहिलो शान्ति सुरक्षाका लागि सरकारले एउटा निश्चित मापदण्डमा रहेर जसलाई पनि छान्न पाउँछ र छान्दै आएको पनि छ । पहिलोपटक चार जना डीआईजीबीच एक जनालाई छान्न सरकारलाई निश्चित नै कठिन काम हो तर वरियतामा कनिस्ठलाई अगाडि ल्याइएको यो पहिलो चाहिं होइन ।  नेपाली सेनाको सहायक रथी पदमा कार्यरत तोरण शमशेर जबरालाई उनको अनिच्छा हुँदाहुँदै पहिलो प्रहरी प्रमुख बनाइएको थियो । त्यसपछि पनि सिभिल प्रहरी, रक्षा दल, मिलिसिया, सेनाबाट आईजीपीमा ल्याएको इतिहास भेटिन्छ ।  पहिलो पटक आईजीपीका लागि विवाद हेमबहादुर र रत्न शमशेरका बीचमा भएको छ । पहिलो नम्बरका वरियताका रत्न शमशेरलाई नबनाएर दोस्रो वरियताका हेमबहादुर सिंहलाई बनाइयो । त्यसपछि रत्न शमशेर आए । पछि रत्नमात्र प्रबल दावेदार थिए ।  मोतिलाल बोहोरा र अच्युतकृष्ण खरेलका बीचमा पनि विवाद भएको थियो । मोतिलाल बोहोरा आईजीपी भए । अच्युतकृष्ण खरेल र ध्रुवबहादुर प्रधानबीचको विवाद निकै रह्यो । आईजीपी भइसकेका अच्युतकृष्णलाई ३५ दिनमा नै हटाएर ध्रुवबहादुर प्रधानलाई प्रमुखमा ल्याउने काम तत्कालीन गृहमन्त्री तथा एमाले नेता वामदेव गौतमले गरे । त्यही एमालेले अहिले वरियताको कुरा बेस्सरी गरिरहेको छ ।  प्रदीप शमशेर जबरा र श्याम भक्त थापा एकल थिए । उनीहरु आउँदा विवाद भएन । एक नम्बरका राजेन्द्रबहादुर सिंहलाई नल्याएर ओमविक्रम राणालाई ल्याइयो । तीस वर्षे प्रावधानका कारण हेमबहादुर गुरुङ आए । रमेश चन्द ठकुरी र रविन्द्र प्रताप शाहमा रवीन्द्र प्रताप एक नम्बरमा थिए तर पहिला आईजीपी रमेशचन्द्र ठकुरी भए । पछि रवीन्द्र एकल एआईजीपी भएकाले उनी भए । कुवेर सिंह राणा छ महिनाअघि एआईजीपी भएकाले नै उनी आईजीपी भए ।  निवर्तमान आईजीपी उपेन्द्रकान्त अर्याल पार्वती थापा, विमला थापापछि तीन नम्बरमा थिए तर उनलाई आईजीपी ल्याउँदा कतै वरियता उठेन । निश्चित मापदण्ड पुगेका सरकाले विश्वासमा लिएर जसलाई पनि आईजीपी बनाउन सक्छ तर सर्वोच्च अदालतले अहिले वरियताको विवाद झिकेर देशमा अस्थिरता चाहनेहरुको मनोबल उठाउन सहयोगी भूमिका खेलिरहेको एकथरि कानुनविदहरुले नै भनिरहेका छन् ।  को को भए आईजीपी अहिलेसम्म ?

१. तोरण शमशेर जबरा (२००६ चैत्र ९ २००७ चैत्र, सेनाबाट प्रवेश)

२. नर शमशेर जबरा (२००७ चैत्र ९ २०१० मंसिर, सेनाबाट प्रवेश)

३. ज्ञानबहादुर याक्थुम्बा (२०१० मंसिर ९ २०१२ भाद्र, रक्षा दलको कर्णलबाट प्रवेश)

४. गोपाल शमशेर जबरा (२०१२ भाद्र ९ २०१३ साउन)

५. पूर्ण सिंह खवास (२०१३ साउन ९ २०१४ भाद्र)

६. ढुण्डिराज शर्मा (२०१४ भाद्र ९ २०१८ पौष)

७. पहल सिंह लामा ( २०१८ पौष ९ २०२३ असार, रक्षा दलको कर्णेलबाट प्रवेश)

८. रोम बहादुर थापा (२०२३ असार ९२०२९ असार, रक्षा दलको क्याप्टेनबाट प्रवेश)

९. खड्गजीत बराल (२०२९ असार ९ २०३५ जेष्ठ)

१०. दुर्लभकुमार थापा (२०३५ साउन ९ २०३९ जेष्ठ, रक्षा दलको सुवेदारबाट प्रवेश)

११. दिलबहादुर लामा (२०३९ असार ९ २०४३ जेष्ठ, रक्षा दलको सुवेदारबाट प्रवेश)

१२. हेमबहादुर सिंह (२०४३ असार ९ २०४७ जेष्ठ)

१३. रत्न शमशेर जबरा (२०४७ असार ९ २०४९ फाल्गुण)

१४. मोतिलाल बोहरा  (२०४९ फाल्गुण ९ २०५३ माघ)

१५. ध्रुवबहादुर प्रधान  (२०५३ चैत्र ९ २०५४ मंसिर)

१६. अच्युतकृष्ण खरेल  (२०५३ फल्गुण ९ २०५३ चैत्र र २०५४ मंसिर ९ २०५७ आश्विन)

१७. प्रदीप शमशेर जबरा ( २०५७ आश्विन ९ २०५९ पौष)

१८. श्यामभक्त थापा (२०५९ पौष ९ २०६३ भाद्र)

१९. ओमविक्रम राणा  (२०६३ भाद्र ९ २०६५ भाद्र)

२०. हेमबहादुर गुरूङ  (२०६५ आश्विन ९ २०६५ फाल्गुण)

२१. रमेश चन्द ठकुरी  (२०६५ फाल्गुण ९ २०६८ जेष्ठ)

२२. रविन्द्र प्रताप शाह  (२०६८ जेष्ठ ९ २०६९ भाद्र)

२३. कुवेर सिंह राना (२०६९ भाद्र ९ २०७० कात्तिक)

२४. उपेन्द्रकान्त अर्याल (२०७० मंसिर १९ २०७३ फागुन २)

२५. दिनेशचन्द्र पोखरेल, निमित्त

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here