अब सरकारलाई तिर्नुपर्ने रे कोठाभाडा, घरबेटीलाई होइन ! सत्य के हो ?

127

काठमाडौं- काठमाडौंका डेरावालहरुले अब घरबेटीलाई होइन, सरकारलाई कोठाभाडा तिर्नुपर्ने अवस्था आउन लागेको छ । यसबारे नीतिगत निर्णय भइसकेको र आगामी आर्थिक वर्षको बजेटमा घोषणा हुने स्रोतले बतायो । काठमाडौंमा वैज्ञानिक घरभाडा निर्धारणका लागि सरकारले आयोगसमेत गठन गर्ने भएको छ । ‘काठमाडौंमा घरभाडा निर्धारणमा हालसम्म कुनै मापदण्ड अपनाइएको छैन, आफुखुशी घरभाडा तय गर्ने गरिएको छ,’ स्रोतले भन्यो, ‘यो महंगीमा घरभाडा बढाउनै हुँदैन भन्ने त होइन, तर त्यसको लागि केही आधार त चाहियो नि ।’

सरकारको योजना कार्यान्वयनमा आयो भने अब डेरावालले प्रत्येक महिना सरकारी खातामा घरभाडा जम्मा गर्नुपर्ने छ । सो घरभाडाबाट १० प्रतिशत कर काटेर सरकारले सम्वन्धित घरधनीको खातामा जम्मा गरिदिनेछ ।

अहिले घरभाडा उठाउनेले घरबाहल कर तिर्नुपर्न ब्यवस्था भएपनि अधिकांश घरबेटीले सरकारलाई घरबहाल कर बुझाउँदैनन् । बुझाउनले पनि सरकारलाई फर्जीसम्झौता बनाएर सस्तोमा बहाल कर तिर्ने गरेका छन् । डेरावालसँग कर तिर्नेगरी भाडा उठाएपनि उनीहरुले कर छली गर्दै आएका छन् ।

कोठाभाडा सरकारकै खातामा जम्मा गर्ने प्रावधान बनेपछि घर भाडाबाट कर तिर्न बाध्यता सिर्जना हुनेछ । यसबाट सरकारले घरबहाल कर सम्पूर्ण रुपमा उठाउनेछ । सरकारले कर कटाएर मात्रै घरबेटीको खतामा रकम जम्मा गर्ने भएकाले घरबेटीहरु कर छल्न सहज हुने छैन ।

अहिले कोठाभाडा मनललाग्दी तवर उठाउने परम्परामा पनि यो ब्यवस्था पछि कमी आउनेछ । सरकारले वैधानिक रुपमा निर्धारण गरेको मापदण्डअनुसार नै भाडा तिर्न पाउँदा डेरावाल पनि लाभान्वित हुनेछन् । सरकारले वैज्ञानिक रुपमा कोठाको आकार, सुविधा लगायतको विश्लेषण गरेर भाडा तय गरिदिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here