साढे चार लाख घुससहित रसुवामा वडा सचिव पक्राउ

99

नुवाकोट: अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रसुवामा दुईजनालाई साढे चार लाख रुपैयाँ घूससहित रङ्गेहात पक्राउ गरेको छ ।

नौकुण्ड गाँउपालिका-१ र २ का वडा सचिव राजेन्द्रप्रसाद आचार्य र सोही वडाका कार्यालय सहायक लाक्पा तामाङलाई सेवाग्राहीसँग घुस लिइरहेको समयमा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

चीन प्रवेशको लागि चार लाख ५० हजार घूस लिएर कागजात मिलाइरहेको समयमा अख्तियारको टोलीले रङ्गेहात पक्राउ गरेको रसुवा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईले जानकारी दिए ।

चीन प्रवेशको लागि अनुमति पत्र बनाइदिने भन्दै रसुवा भन्दा बाहिरी जिल्लाका व्यक्तिहरुसँग जनही ५० हजारको दरले रकम उठाइरहेको गोप्य सूचनाको आधारमा अख्तियारबाट खटिएको टोलीले रसुवा प्रहरीको सहयोगमा गोसाइकुण्ड गाँउपालिका–६ को वडा कार्यालयबाट वडा सचिव आचार्य र कार्यालय सहायक तामाङलाई अख्तियारले पक्राउ गरेको हो ।

पक्राउ परेका दुवैजनालाई अनुसन्धानका लागि आयोगको केन्द्रीय कार्यालय काठमाडौ लगिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here