सुर्यविनायकका जनताको घरदैलोमा राप्रपा

790

भक्तपुर – सांस्कृतिक रूपान्तरण र सामाजिक सुधार सभ्य समाज र संस्कारयुक्त परिवार निर्मणमा राप्रपाको सहभागिता भन्दै राप्रपाले सुर्यविनायक नगरपालिकामा आफ्नो प्रचार प्रसार कार्यक्रम अगाडी वडाएको छ ।
जनताका समस्या आफ्नै स मस्या भन्दै लागि परेका राप्रपा सुर्यविनायक नगरपलिकाका मेयर प्रविन ढुँगेल जनताका घर दैलोमा जनताका समस्या सुन्न लागि परेका छन् ।
आफु सुर्यविनायक नगरपालिकाको रर्वाङ्गीण विकासमा आफु सक्षम रहेका कारण राप्रपाका सम्पुर्ण उम्मेद्धावारलाई गाईमा छाप लगाई विजय गराउन आग्रह समेत गर्नुभयो । उहाँका अनुसार युवा शक्तिलाई जागरुक वनाई कुटिर उद्योगलाई स्थापित गरि एक घर सव रोजगारका नाराका साथ अगाडी वढेको उहाँले वताउनुभयो ।
उहाँका अनुसार सुर्यविनायक नगरपालिकामा राप्रपाको लहर आएको छ यो लहरलाई आफुले सम्हाल्न सक्षम भएको उहाँले वताउनुयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here