उपप्रधानमन्त्री सहित ३ मन्त्रालयका साथ गच्छदार पनि सरकारमा, सम्भवत: आजै सपथ हुने

106

काठमाडौं । नेपाली कांग्रेस सबैभन्दा ठूलो साझेदार रहेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा अब फोरम लोकतान्त्रिक पनि सहभागी हुने भएको छ ।

विजयकुमार गच्छदार नेतृत्वमा आज सरकारमा जाने तयारी छ । राप्रपाका अध्यक्ष कमल थापाले राजीनामा दिएपछि उनको स्थान लिने गरि गच्छदार सरकारमा जान लागेका हुन । उनलाई संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयसहित तीनवटा मन्त्रालय दिने सहमति भएको छ । पर्यटन र श्रम मन्त्रालय पनि दिने तयारी छ ।अन्तिम निर्णय हुन बाँकी रहेको स्रोतले जनाएको छ ।

मधेसी मोर्चाले प्रचण्डको सरकारलाई दिएको समर्थन चैत १ गतेबाट फिर्ता लिने चेतावनी दिएका कारण, ‘सरकारले आफ्नो स्थानसमेतलाई गम्भीरताका साथ विश्लेषण गर्दै गच्छदारलाई सरकारमा ल्याउन लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here