राशीफल

88
२६ बैशाख २०७४, मंगलवार  ,चतुर्दशी
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) घरायसी काममा रुची बढ्नेछ । प्रयासहरु सकारात्मक रहनेछन । बिनाकार विवाद बढ्ने हुँदा मन खिन्न रहनेछ । –
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) समाजमा बोलीको प्रभाब बढ्नेछ । प्रयासहरु सकारात्मक रहनेछन । रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । मन प्रसन्न रहनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आम्दानी बढ्नुका साथै ठूलो काम सम्पादन हुने योग रहेको छ । काममा विभिन्न अवसरले पछ्याउनेछन । सोचे भन्दा धेरै खर्च बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कुरा काट्नेहरु प्रसंसा गर्न थाल्नेछन । भोज भतेरमा जाने अवसर मिल्नेछ । दाजुभाईको सहयोगले महत्वपूर्ण कामको थालनी हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) परोपकारी काममा रुची बढ्नेछ । प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ । नयाँ व्यवसाय सुरु गर्ने मौका मिल्नेछ । मन खुसि रहनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) भाग्यले साथ दिनेछ । धार्मिक काममा रुची बढ्नेछ । ब्यापार ब्यबसायबाट प्रशस्त लाभ मिल्नेछ । परिवारसंग मनमुटाब हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) रमाइलो छोटो यात्राको योग रहेको छ । सोचेको आटेको काम पूरा हुनेछ । लेनदेनमा विवाद बढ्ने योग रहेको हुँदा सचेत रहनुहोला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नसोचेको काम बन्नाले मन खुसि रहनेछ । सामाजिक मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । घरायसी काममा विवाद बढ्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सामाजिक सभा समारोहमा भाग लिने अवसर मिल्नेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । साझेदारी काममा भने बिबादको सामना गर्नुपर्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मेहनतले धेरैको विश्वास जित्न सकिनेछ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसंग भेटघाट हुनेछ । मन प्रसन्न रहनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) समाजमा मानसम्मान मिल्नेछ । लामो समयपछि साथीभाईसंग भेटघाट हुँदा मन प्रसन्न रहनेछ । पढाई लेखाइमा मन लाग्नेछैन ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइनेछ । आफन्तसंग मनमुटाब हुन सक्छ । रोग र शत्रुबाट छुटकारा मिल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here