माओवादी कुटपिटबाट एक एमाले कार्यकर्ताको मृत्यु, एक गम्भीर घाइते

124

दोलखा  : गएराति दोलखामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच झडप हुँदा एक एमाले कार्यकर्ताको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।

प्रमुख जिल्ला अधकिारी यज्ञराज बोहाराका अनुसार झडपका क्रममा माओवादीको कुटपिटबाट एमालेका कार्यकर्ता ३५ वर्षीय कुलबहादुर तामाङको मृत्यु  भएको हो । झडपमा ५५ वर्षीय दिलबहादुर बुढाथोकी गम्भीर घाइते हुनुभएको छ । घाइते बुढाथोकीलार्इ उपचारका लागि सदरमुकाम चरिकोट लगिएको छ ।
गौरीशंकर गाउँपालिका वडा नम्बर १ जुबु भन्ने स्थानमा चुनावी प्रचारका क्रममा माओवादी र एमालेबीच झडप भएको थियो । घटनास्थ्लमा डिएसपी रबिन कार्कीको टोली बिहानै पुगीसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here