राशीफल

116

१ जेठ २०७४, सोमवार ,चतुर्थी

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यमा सफलता प्राप्त गर्न प्रतिस्पर्धा गर्नुपर्नेछ । आलोचना हुने भएकाले संयमित रहनुहोला । कुरा काट्ने प्रशंसा गर्न थाल्नेछन ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धार्मिक भावनाको विकास हुनेछ । अनावश्यक समस्याले सताउनेछ । स्वास्थ्यमा सुधार आउनेछ । आर्थिक वृद्धि हुने देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धर्मकर्ममा रुचि बढ्नेछ । रमाइलो यात्राको सम्भावना देखिन्छ । राजनीतिक परिवर्तन हुनेछ । सोचेको आटेको कुरामा सफलता मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सामाजिक मानसम्मान प्राप्त हुनेछ । भेटघाटमा मन रमाउनेछ । अरूको मन जित्न सकिनेछ । सामाजिक कार्यमा गरिएका प्रयासहरू फलदायी रहनेछन । –

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शारीरिक कमजोरी, मानसिक चञ्चलता बढ्नेछ । न्यायिक तथा सामाजिक कार्यमा सफलता मिल्नेछ । पतिपत्नीबीच प्रेम बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धनआर्जनमा अवरोध आउने देखिन्छ । सूचना आदानप्रदान हुनेछ । स्मरणशक्ति बढ्नेछ । अचल सम्पत्तिको नास हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) लेखन कार्यमा मन लाग्नेछ । मनमा उत्साह र हर्ष बढ्नेछ । न्यायिक कार्यमा अल्झन आउनेछ । भाग्य कमजोर रहेको हुँदा कार्य अधुरा रहनेछन ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अधुरा कार्य पूरा हुनेछन । नवीन कार्यको थालनी हुनेछ । मानसिक अस्थिरता रहनेछ । व्यापार व्यवसायका लागि समय मध्यम रहेको छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) भाग्यले साथ दिनेछ । धनलाभ हुनेछ । काममा सुधार आउनेछ । पारिवारिक मेलमिलाप बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । यात्रा हुनसक्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) बोलीको प्रभाव बढ्नेछ । आफन्तसँगको सम्बन्धमा सुधार आउनेछ । पढाई लेखाइमा प्रगति हुनेछ । विश्वास गरेकाले धोका दिनेछन ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) अध्ययनअध्यापनमा मन लाग्नेछैन । स्वास्थ्यमा आंशिक सुधार आउनेछ । सञ्चार क्षेत्रमा सफलता मिल्नेछ । अनावश्यक चिन्ता बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शारीरिक सौन्दर्यमा वृद्धि हुनेछ । पारिवारिक सद्भाव कायमै रहनेछ । व्यापार व्यवसायबाट सफलता मिल्नेछ । खर्च बढ्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here