२२ मत काण्डले चाँगुनारायणमा पुन निर्वाचन

4796

भक्तपुर । चाँगुनारायण नगरपलिका वडा नम्वर ६ नगरकोटमा नेमकिपाको चुनाव चिन्ह नै नभएको मतपत्र फेला परेपछिको विवादले उक्त स्थानमा पुन निर्वाचन हुने भएको छ । नेपाल मजदुर किसान पार्टीको चुनाव चिन्ह वेगरको चाँगुनाराण नगरपालिका वडा नं ६ ख मा २२ मत खसेपछि नगरकोटको उक्त क्षेत्रमा विवाद चर्किएको थियो ।
निर्वाचन आयोगको उक्त त्रुटी पस्चात पनि उक्त क्षेत्रमा पुन अर्को मतपत्रमार्फत मतदान सम्पन्न भएको थियो ।
हाल मतगणको समय उक्त २२ मत वदर गर्नु पर्ने प्रस्ताव आएपछि दलहरुले आफुले उक्त समस्या सुल्झाउन नसक्दा निर्वाचन आयोगले उक्त क्षेत्रमा पुन मतदान गर्न निर्देशन दिएको छ ।
हाल चाँगुनारायण नगरपालिकाको सर्वदलिय वैठक वसि रहेको छ । निर्वाचनमा कसरी जाने भन्ने विषयमा थप जानकारी आउन केहि समय लाग्ने देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here