स्थानिय निर्वाचनको प्रभाव झन्डै १० अंकले घट्यो सेयर बजार, साढे ५० करोडको कारोबार

121

स्थानिय निकायको निर्वाचन भएको दुई दिन पछि नै सेयर बजारमा भने केहि गिरावट आएको छ ।

मंगलबार सेयर बजार ९.९९ अंकले घटेर १६४९.२४ अंकमा कायम भएको छ । उत्पादनमूलक बाहेक कारोबार भएका सबै समूह घटेका छन् । सबैभन्दा धेरै बीमा समूह ४६.०७ अंकले घटेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स र अन्य समूह क्रमशः १०.४१, १७.५३, १४.५१, १९.९, ५.७ र ०.५८ अंकले घटेका छन् । उत्पादनमूलक भने ३०.८९ अंकले बढेको छ ।

दिनभरिमा १४० वटा कम्पनीको २८ लाख २१ हजार सात सय १५ कित्ता सेयर चार हजार एक सय २४ पटक खरिदविक्री हुँदा ५० करोड ४९ लाख ८५ हजार छ सय ५८ रुपैयाँ पुँजी परिचालन भएको छ । जसमध्ये, स्टान्डर्ड चार्टर्ड बैंकको सबैभन्दा धेरै एक करोड ९१ लाख रुपैयाँको कारोबार भएको छ भने लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको एक करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ । सिद्धार्थ बैंक प्रोमोटरको पौने दुई करोडको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स, प्रभु बैंक, एनबी इन्स्योरेन्स, नेपाल इन्भेष्टमेन्ट बैंक, सानिमा बैंक, एभरेष्ट बैंक, सानिमा माइ हाइड्रो लगायतको पनि एक करोडमाथिको कारोबार भएको छ ।

जम्मा २६ वटा कम्पनीका सेयरधनीले अधिकतम ९.९८ देखि न्युनतम ०.०३९ प्रतिशतसम्मका दरले कमाएका छन् । बोटलर्स नेपालका सेयरधनीले सबैभन्दा धेरै र स्वरोजगार लघुवित्तका सेयरधनीले सबैभन्दा कम कमाएका छन् । यसबाहेक, प्रोग्रेसिभ फाइनान्स र जेविल्स फाइनान्सका सेयरधनीले क्रमशः ९.८३ र ७.२८ प्रतिशतका दरले कमाएका छन् । कञ्चन डेभलपमेन्ट बैंक, गुहेश्वरी फाइनान्स, नेशनल हाइड्रो, सेती फाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक, रिडी हाइड्रो, नयाँ नेपाल लघुवित्त लगायतका सेयरधनीले पनि कमाएका छन् ।

गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको दिव्यश्वरी हाइड्रोका सेयरधनीले ६.७१ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् भने सप्तकोसी डेभलपमेन्ट बैंकका सेयरधनीले ५.०९ प्रतिशतका दरले गुमाएका छन् । गुडविल फाइनान्स, अरुण फाइनान्स, खानीखोला हाइड्रो, कन्काई विकास बैंक, नागबेली लघुवित्त, हाम्रो विकास बैंक, किसान माइक्रोफाइनान्स, एनबि इन्स्योरेन्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here