देशभर काँग्रेस एमाले भक्तपुरमा न काँग्रेस न एमाले

6121

भक्तपुर ।देशभरमा कांग्रेस, एमाले हावी भइरहँदा भक्तपुरमा जारी मतगणनामा रोचक नतिजा आइरकेको छ । भक्तपुर नगरपालिकामा यस्तो रोचक नतिजा आएको हो । पछिल्लो मत अनुसार नेपाल मजदुर किसान पार्टीका नेता सुनिल प्रजापतिले सात हजार पाँच सय २९ मत ल्याएका छन् ।
तर, उनलाई कांग्रेस, एमाले, माओवादी कसैले पनि टक्कर दिन सकेका छैनन् । कांग्रेकका राम कासुलाले तीन हजार एक सय ८१, एमालेका विष्णु सुवालले एक हजार तीन सय ७२ र र माओवादी केन्द्रका सत्यलाल मूलले आठ सय ६२ मत ल्याएका छन् ।
यी पार्टीको मत जोड्दा पाँच हजार चार सय १५ हुन्छ । तीन दलले ल्याएको कूल पाँच हजार चार सय १५ भन्दा पनि प्रजापति एक्लैले ल्याएको मत दुई हजार एक सय १४ ले बढी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here