चार महानगरपालिका : एकमा कांग्रेस, तीनमा एमाले अगाडि

103

काठमाडौं– आइतबार सम्पन्न स्थानीय तह अन्तर्गत पहिलो चरणमा मतदान सम्पन्न भएका स्थानको मतगणना जारी छ । २५६ स्थानको मतगणना सार्वजनिक भइसेको छ । तर, महानगरपालिकाहरुको मतगणना सार्वजनिक हुन भने अझै केही दिन लाग्ने देखिएको छ ।

मतदाताको संख्या बढी भएका महानगरहरुमा भइरहेको मतगणना अत्यन्य सुस्त हुँदा मतगणनाको अन्तिम परिणाम सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ ।

काठमाडौं, ललितपु, पोखरा र भरतपुर महानगरपालिकाको मतगणना जारी छ ।

चार महानगरपालिका मध्ये काठमाडौं, पोखरा र भरतपुरमा नेकपा एमाले अगाडि छ भने ललितपुरमा नेपाली कांग्रेस अगाडि देखिएको छ ।

पछिल्लो परिणाम अनुसार काठमाडौं महानगरपालिकामा एमालेका विद्यासुन्दर शाक्य १८ हजार ३ सय ८० मतका साथ पहिलो स्थानमा छन् भने नेपाली कांग्रेसका राजुराज जोशी १२ हजार ७ सय ६७ मतका साथ दोस्रो स्थानमा रहेका छन् ।

त्यस्तै पोखरा लेखनाथ महानगरपालिकामा एमालेका मानबहादुर जीसी २० हजार ४ सय ७९ मतका साथ अग्रस्थानमा हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामजी कुँवर १८ हजार ४ सय ३५ मतसहित दोस्रो स्थानमा रहेका छन् ।

चितवनको भरतपुर महानगरपालिकामा एमालेकै देवी ज्ञवाली पहिलो स्थानमा रहेका छन् । उनले १५ हजार १ सय ५५ मत पाउँदा माओवादी केन्द्रकी रेणु दाहाल १४ हजार ८ सय ९ मतका साथ दोस्रो स्थानमा छिन् ।

उपत्यकाको अर्को महानगरपालिका ललितपुरमा नेपाली कांग्रेसले अग्रता लिएको छ । नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन १६ हजार ६ सय १३ मतका साथ पहिलो स्थानमा रहँदा नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकार १४ हजार ९ सय १ मतसहित उनलाई पच्छ्याइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here