आज पूर्वबजेट छलफल, बजेट अधिवेशन सुरु

94

आर्थिक वर्ष २०७४/७५ को वार्षिक बजेट पूर्वको ‘प्रिबजेट’ छलफल मङ्गलबार सुरु हुँदैछ । संसद् सचिवालयले तयार पारेको कार्यतालिकाअनुसार सरकारका तर्फबाट अर्थमन्त्री कृष्णबहादुर महराले सुरुमा बजेटका प्राथमिकता प्रस्तुत गर्नुहुनेछ । सरकारका तर्फबाट पेस भएका प्राथमिकतामा संसद्मा छलफल सुरु हुनेछ ।

सचिवालयले तयार पारेको कार्यतालिकाअनुसार एक दिनमात्र बजेटको प्राथमिकतामा छलफल हुनेछ । छलफलपछि सरकारले सोही प्राथमिकताका आधार बजेटको तयारी गर्नेछ । संवैधानिक प्रावधानअनुसार जेठ १५ गते सरकारले सदनमा बजेट पेस गर्नेछ ।

बिहीबार सदनमा सरकारका तर्फबाट राष्ट्रपतिले संसद्मा नीति तथा कार्यक्रम पेस गर्नुहुनेछ । नीति तथा कार्यक्रममा पनि सदनमा जेठ ११ गतेको दोस्रो बैठकपछि दुई दिनसम्म छलफल हुनेछ ।
यसैबीच, संसद्को बजेट अधिवेशन सोमबार सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन आह्वानका लागि गर्नुभएको पत्राचार सदनमा पढेर सुनाउँदै सभामुख ओनसरी घर्तीले अधिवेशनको सुरुवात गर्नुभएको हो ।

संसद्को गत वर्षको बजेट अधिवेशन जेठ ४ गतेमात्र अन्त्य भएको थियो । नेपालको इतिहासमै लामो भनिएको यो अधिवेशन १३ महिनामा अन्त्य भएको थियो । अधिवेशन अन्त्य भएकै भोलिपल्ट राष्ट्रपतिले पुनः बजेट अधिवेशन आह्वान गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here