भक्तपुरका वडा अध्यक्ष मजदुरदेखि भलिवलका राष्ट्रिय रेफ्रीसम्म

1701

भक्तपुर
भक्तपुर नगरपालिका १ का नवनिर्वाचित वडा अध्यक्ष श्यामकृष्ण खत्री भलिवलका राष्टिय रेफ्री हुन् । सानैदेखि खेलकुद क्षेत्रका विशेष रुचि राख्ने खत्री भलिवल खेलमा खेलाडी कोच हुँंदै रेफ्रीसम्म पुगेका हुन् । नेपाल मजदुर किसान पार्टीबाट भक्तपुर नगरपालिका १ बाट उम्मेदबार बनेका उनी अहिले वडा अध्यक्ष पदमा विजयी हुन सफल भएका हुन् । आफना प्रतिद्धन्द्धीलाई झण्डै तीन गुणाले पछार्दै उनी वडा अध्यक्षमा विजय हासिल गर्न सफल भएका हुन् । उनले एक हजार तीन सय ७६ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्धन्दी नेपाली काँंग्रेसका वडा अध्यक्षका उम्मेदबार पवन भुजु पाँंच सय चार मतमा सिमित हुन बाध्य भएका थिए ।
भक्तपुर नगरपालिका २ का वडा अध्यक्षका विजयी हरिप्रसाद वासुकला भने सरकारी शिक्षक थिए । बासु उच्च माध्यामिक विद्यालय कालिघाट व्यासी भक्तपुरका सरकारी शिक्षक उनी शिक्षण पेशाबाट राजीनामा दिएर वडा अध्यक्षमा उम्मेदबार बनेका थिए । नेपाल मजदुर किसान पार्टी २ नंम्वर वडाका इन्चार्जसमेत रहेका उनी सोही पार्टीबाट वडा अध्यक्षमा विजयी भएका हुन् ।
अर्थशाश्त्र मुल विषय लिई स्नातक उतीर्ण नवनिर्वाचित वडा अध्यक्ष बासुकला अव वडाको विकासका लागिपर्ने प्रतिवद्धता जनाउँंछन् । ‘पार्टीको घोषणापत्र अनुसार अव वडाको विकास गर्नु मेरो मुख्य ध्याउना हुनेछ, नवनिर्वाचित वडा अध्यक्ष बासुकलाले नागरिकसँंग भने, भूकम्पले ध्वस्त भएको वडाको पुननिर्माणमा मेरो विशेष ध्यान जानेछ ।’
भक्तपुर नगरपालिका ३ का नवनिर्वाचित वडा अध्यक्ष राजकृष्ण गोरा भने मजदुर हुन् । उनी नेपाल मजदुर किसान पार्टी निकटको नेपाल क्रान्तिकारी मजदुर संघका केन्द्रिय सचिवसमेत हुन् । ‘मजदुरको हकहितका साथै अव मेरो ध्यान वडाको विकासमा पनि हुनेछ, उनको योजना थियो, म पार्टीको पूर्णकालिन कार्यकर्ता हुँं, यही अनुसार अगाडि वढ्नेछु ।’
भक्तपुर नगरपालिकामा समाचार तयार पार्दासम्म एकदेखि तीन वडासम्मको मतगणा सम्पन्न भएको छ । त्यसअनुसार तीन वटै वडामा वडा अध्यक्षदेखि पूरै प्यानल सोही पार्टीकातर्फबाट उम्मेदरबारहरुले विजयी हासिल गरिसकेका छन् ।
मध्यपुर थिमि नगरपालिका १ मा नेपाली कांग्रेसबाट विजयी उम्मेदबार सुरज खड्का भने नेता हुन् । विद्यार्थीकालदेखि राजनीतिमा सक्रिय उनी अहिले पनि राजनीतिमै सक्रिय छन् । उनी भन्छन्, ‘अव वडाको विकासमा लागिपर्नेछु ।’
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट सूर्यविनायक नगरपालिका १ मा वडा अध्यक्ष पदका विजयी सानुकाजी कायष्ठ भने व्यापारी हुन् । अहिले व्यापार व्यवसायलाई छाडेर वडाको विकासमा समर्पित हुने योजना उनको छ । उनले भने, ‘२०४५ सालबाट विद्यार्थी राजनीति सुरु गरेको म अव वडाको विकासमा लाग्नेछु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here