चाँगुनारायणको मतगणना ५ वजे देखि

1202

भक्तपुर । पाँच दिनदेखि स्थगित चाँगुनारायण नगरपालिकाको मतगणना बुधबार साँझ ५ बजेदेखि सुचारु हुने भएको छ । जिल्ला प्रसासन कार्यालय भक्तपुरमा बसेको सर्वदलीय बैठकअघि मतदाताहरुले जनताको चाहना ः पुनः मत गणना लगायतका नारा लगाउँदै दबाब दिएपछि साँझ ५ बजेबाट विवादित वडा नं ३ र ४ वडाको पनि पुनः मतगणना हुन भएको हो । कर्मचारीको लापरवाही र मतदानमा संलग्न कर्मचारीले नै उक्त वडाहरुमा गणना गर्दा चाँगुनारायण नगरपालिका वडा नं ३ र ४ मा नेपाली काँग्रेस र नेपाल मजदुर किसान पार्टी र राष्ट्रय प्रजातन्त्र पार्टीलायतका दलको मत एमालेको उम्मेदवारमा प्रविष्टी गरि दिएपछि विवाद भएको थियो । प्रमुख निर्वाचन अधिकृत भोजराज शर्मा, प्रअिज द्रोण पोखरेल, सबै दलका उम्मेदवार र राजनीतिक दलका प्रतिनिधिको उपस्थितिमा आज पहिला गणना गर्ने कर्मचारी हटाई नयाँ कर्मचारी ल्याउने तथा वडा नं ३ र ४ पुनः गणना गर्न एमाले पनि सहमत भएपछि बल्ल मतगणना हुने भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here