संसदबाट सम्बोधन गर्न नपाएपछि सिंहदरवारबाट प्रधानमन्त्रीको सम्बोधन आउँदै

113

४ बजे प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बुधवार दिउँसो ४ बजे सिंहदरबारबाट देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । ब्यबस्थापिका संसदलाई सम्बोधन गर्दै राजीनामा दिने प्रधानमन्त्री दाहालको योजना प्रतिपक्षि दल एमालेका कारण सफल नभएपछि उनले सिंहदरवारबाटै देशका नाममा सम्बोधन गर्दै राजीनामा दिन लागेका हुन् ।

प्रधानमन्त्रीका स्वकिय सचिव प्रकाश दाहालले प्रधानमन्त्रीले बुधवार दिउँसो ४ बजे सिंहदरवारबाट देशवासीका नाममा सम्बोधन गर्ने बताएका हुन् । उनले प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्छु भन्दा पनि एमालेले नदिएकाले सिंहदरवारबाटै सम्बोधन गर्न लागेको बताएका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here