संसद बैठक भोली दिउँसो ४ बजेसम्मका लागि स्थगित

101

काठमाडौं। मङ्गलवार पटक पटक सूचना टाँसेर स्थगित गर्दै बुधवार विहान ११ बजेसम्मका लागि सारिएको ब्यबस्थापिका संसदको बैठक बिहीवार दिउँसो ४ बजेसम्मका लागि स्थगित भएको छ । स्थानीय तहको सङ्ख्या थपिएको बिरोधमा संसद अवरुद्ध गर्ने प्रतिपक्षि दल नेकपा एमालेको चेतावनी पछि बुधवार विहान ११ बजेका लागि बोलाइएको बैठक दलहरुका वीचमा सहमति नजुट्दा बिहीवारसम्मका लागि स्थगित गरिएको संसद सचिवालयले बताएको छ ।

जेठ १५ गते ल्याउन लागिएको बजेटको बारेमा प्रि बजेट छलफल गर्नुपर्ने संसद बैठक स्थगित भएपछि बिहीवार संसदमा राष्ट्रपतिले पेस गर्ने सरकारको नीति तथा कार्यक्रम पनि अन्योलमा परेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद बैठकलाई सम्बोधन गर्दै पदबाट राजीनामा दिने विषय पनि अन्योलमा परेको छ ।

एमालेले आफ्नो दलसँग कुनै सहमति नै नगरि सरकारले एकतर्फी रुपमा स्थानीय तहको सङ्ख्या बढाएको भन्दै बिरोध गरेको छ । उसले सरकारको उक्त निर्णय फिर्ता नभएसम्म संसद बैठक चल्न नदिने बताएको हो । सहमतिका लागि मङ्गलवार र बुधवार भएको प्रयास सफल नभएको सभामुखका प्रेस सल्लाहाकार बबिन शर्माले बताएका छन् ।

प्रधानमन्त्री दाहालले संसदमा सम्बोधन गरेर राजीनामा दिन नपाएपछि सिंहदरवारमा देश वासीका नाममा सम्बोधन गर्दै बुधवार राजीनामा दिने पनि बुझिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here